स्याङ्जा २४ पुस । पुस २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन वालिङ् नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ।
विश्व हिन्दु युवा संघ स्याङ्जाको अनुरोधलाई स्वीकार गर्दे एकता दिवस मनाउने उदेश्यले सार्वजनिक विदा दिने भएको नगरपालिकाले जनाएको छ।
संघका अध्यक्ष नवराज पौडेल, केन्द्रिय सदस्य डण्डपाणी पंगेनी, समाजसेवी द्धय बसन्त मल्ल र राजु रेग्मी लगायतका पदाधिकारी सहितको टोलीले वालिङ् नगर प्रमुख दिलिपप्रताप खाँणलाई २७ गतेलाई राष्ट्रिय एकता दिवस सहित सार्वजनिक बिदाको माग गर्दे अनुरोधपत्र बुझाएका थिए। बिभिन्न बाईसे र चौविसे राज्यमा टुक्रे मुलुकलाई एकीकरण गरेर ऐतिहासिक कार्य गरेका व्यक्तिलाई कहिल्यै बिर्सनु नहुने सो पत्रमा उल्लेख छ।
सो पत्र बुझ्दै नगर प्रमुख खाँणले सबैभन्दा माथि राष्ट्र र राष्ट्रियता भयको बताउदै पृथ्वीनारायण शाहका योगदान र साहसलाई सम्मान गर्दे पुस २७ गते राष्ट्रिय एकताको अवसरमा सार्वजनिक बिदा दिने बताए। रचनात्मक र सकारात्मक सोच लिएर अगाडि बढेका युवाहरुलाई सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाउनुभयो ।
यसअघि, इलाका प्रशासन कार्यालय वालिङ् मार्फत संघ, प्रदेश र स्याङ्जाका ११ वटै पालिकालाई पुस २७ गते सार्वजनिक बिदाको माग गर्दै विश्व हिन्दु युवा संघ स्याङजाले अनुरोध सहितको ज्ञापनपत्र बुझाएका थिए।
Friday, October 17
Trending
- प्रहरी दिवसका अवसरमा खुला रक्तदान
- खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
- भूमि आयोग पुनस्र्थापनाको माग
- बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
- गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
- सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
- ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
- कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन