स्याङ्जा १६ भदौ । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय स्याङ्जाले १५ औं पुस्तकालय दिवस वक्तृत्वकला गरी मनाएको छ ।
पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔ भन्ने नाराका साथ बर्तमान परिपेक्ष्यमा पुस्तकालयको सान्दर्भिकता भन्ने बिषयमा वक्तृत्वकला प्रतियोगिता गरेकोे हो ।
प्रतियोगितामा त्रिभुवन आदर्श माविका प्रवेश गोदार प्रथम, रोशनी आवासिय माविका परिवेश मरासीनी दितिय, सरस्वती मावि गैरीखेतका सविता शर्मा तृतीय र काजिमान हरिटीकाका सुशान्त सापकोटा सान्त्वना हुनु भएको छ । उहाहरुलाई नगद सहितले पुरस्कृत गरिएको छ । दिवसको उदघाटन गर्दै पुस्तकालयका अध्यक्ष ध्ूवबन्धु पौडेलले पुस्तकालयको विकास र पाठकका माग अनुरुप समायनुसारका पुस्तकको ब्यवस्थापनमा पुस्तकालय सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष यादवराज शर्मा, सदस्य प्रेमबहादुर केसी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
पुस्तकालयका अध्यक्ष धु्रवबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य विमला अर्यालले स्वागत एवं सचिव बलराम दोरंगाले संचालन गर्नुभएको थियो । भदौ १५ गतेका दिनलाई पुस्तकालय दिवस मनाउने गरिन्छ ।
