स्याङ्जा १० साउन । चापाकोट नगरपालिका ७ गाम्रेछाप बस्ने १६ बर्षिया बालिका (सजनी परियार) कालीगण्डकी नदीमा वेपत्ता भएकी छन ्।
बुधवार बिहान एघार बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाट स्थित झोलुंगे पुलबाट हामफाल गरी बेपत्ता भएको खबर आएपछि प्रहरीको टोली त्यसतर्फ गई खोजतलामा जुटेको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ती बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परेको छ । खोजतलास जारी रहेको र उनको अवस्था पनि अज्ञात रहेको बताइएको छ ।