स्याङ्जा ११ साउन । नगरपालिकाकोे भाषा, कला, साहित्य एवं संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्ने उदेश्यले पुतलीबजार नगर स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गरेको छ ।
पुतलीबजार नगर उपकुलपतिमा विश्वप्रेम अधिकारी रहनेगरी १५ सदस्यीय प्रज्ञा प्रतिष्ठान मनोनयन गरिएको हो ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले प्रज्ञाप्रतिष्ठान ऐन, २०८० को दफा ४ उपदफा १ (ख) बमोजिम उपकुलपति र (ङ) बमोजिम १४ सदस्यीय प्रतिष्ठान बिहीवार दिउसो मनोनयन गर्नुभएको हो ।
सदस्यहरुमा, लोकराज शर्मा, सुर्यप्रसाद कोइराला, प्रा.डा. दिपेन्द्र पराजुली, डा. विश्वबन्ध पोखरेल, राजेन्द्र श्रेष्ठ, भवानी अधिकारी, अशोक गुरुङ, चिन्तु गिरी, सुनिता पौडेल, मञ्जु थापा, सम्झना थापा, राम बहादुर परियार, गुरुप्रसाद ढकाल र तारा पौडेल श्रेष्ठ रहनुभएको छ ।