स्याङ्जा २७ असार । पुतलीबजार नगरपालिकाका ८५ जना महिला किसानलाई बाख्रा तथा कुखुरा पालनका लागि आवश्यक सामाग्री प्रदान गरिएको छ।
पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को साझेदारी एवं आपसी सहयोग केन्द्र (आस्क) नेपालको समन्वयमा संचालित अस्थायी आधारभूत आय प्रयास कार्यक्रम अन्र्तगत विपन्न तथा सिमान्तकृत महिलालाई ती सामाग्री हस्तान्तरण गरेको हो।
सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले सामाग्रीको उचित ब्यवस्थापन गर्दे व्यवस्थितरुपमा बाख्रा तथा कुखुरा पालेर आयआर्जन बढाउन सुझाव दिए। विपन्न परिवारलाई लक्षित गर्दे प्रदान गरिएका सामाग्रीले आयआर्जन बढाउनमा सहज बनाउने उनले विस्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख देवी अर्यालले आ आफना पेशा र ब्यवसायमा दत्तचित्त भई काम गर्दै ब्यवसायिक बन्न सुझाव दिनुभयो ।
तालिममा सहभागी ७१ जनालाई बाख्रा, टाट्नो, जस्तापाता, दाना खुवाउने ताउलो, २ सय तथा ५ सय लिटर क्षमताका पानीटंकी, कुखुरा पालनका लागि १४ जनालाई खोर निर्माण सामाग्री, खोर छाउनको लागि जस्तापाता, पानीको लागि टंकी, ड्रिङ्कर, फिडर तथा स्टेनहरुको सेट उपलब्ध गराईएको आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्र शर्मा पौडेलले जानकारी दिनुभयो ।
परियोजना अन्तरगत पुतलीबजारको आन्तरिककोष मार्फत बाख्रा तथा कुखुरा पालन सम्बन्धि सीपमुलक तालिममा सहभागि महिलालाई ती सामाग्री हस्तान्तरण गरिएको हो ।
सोही कार्यक्रममा लेखा अधिकृत भोजराज ढकाल, आस्क नेपालका सहसचिव लेखनाथ पौडेल, सहायक व्यवस्थापक शीव पोख्रेल सामाजिक परिचालक शर्मिला पौडेल, र किसान महिला रिता पोख्रेल तिवारी लगायतले आ(आफ्ना धारणा राख्नुभएको थियो ।
आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न स्वागत र सहयोगको औचित्यबारे कार्यकारी निर्देशक हरीप्रसाद ढकालले जानकारी दिनुभएको थियो भने फिल्ड संयोजक हेमराज पौडेलले स.चालन गर्नुभएको थियो ।