स्याङ्जा ३१ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १ ले वडाका सामुदायिक बिद्यालयमा अध्ययरत बालबालिकालाई झोला उपलब्ध गराएको छ ।
बालमन्दिर आधारभूत बिद्यालय र त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयका शिशु कक्षामा अध्ययरत ८५ जना बालबालिकालाई स्कुले झोला प्रदान गरिएको वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्रिभुवन माविका ४५ जना र बालमन्दिरका ४० जना बालबालिका झोला दिइएको उहाले जानकारी दिनुभयो ।
कार्यपालिका सदस्य अनिता रुचाल, वडा सदस्यहरु बिष्णुकुमार श्रेष्ठ, जानुका लम्साल, हिटलर पौडेल लगायतका जनप्रतिनिधिले झोला हस्तान्तरण गर्नु भएको थियो ।
वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालय सचिव बिष्णुप्रसाद ढकालले संचालन गर्नुभएको थियो ।