स्याङ्जा १३ जेठ । पुतलीबजार नगर स्तरीय मेयर कप पुरुष र महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
चार दिनदेखि जारी प्रतियोगिताको पुरुषतर्फको वडा नं. ७ ले र महिलातर्फ वडा नं. १३ ले मेयर कपको उपाधी जितेका छन् । यसैगरी पुरुषतर्फ दोश्रोमा वडा नं. १२ र तेस्रोमा वडा नं. ६ रहेका छन्।
महिलातर्फको दोश्रोमा पनि वडा नं. १२ र तेस्रोमा पनि वडा नं. ६ रहेका छन् । प्रतियोगितामा पुरुषतर्फका प्रथमले ७५ हजार, द्धितिय हुनेले ४५ हजार र तृतीय हुनले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
यसैगरी, महिलातर्फका प्रथम हुनेले ४५ हजार, द्धितिय हुनेले २५ हजार र तुतीय हुनेले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा विजेता सबैलाई नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल र खेलकूद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्ले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको समापनका अवसरमा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले स्वास्थ र तन्दुरुस्तीका लागि खेलकूदको आवश्यकता रहने जानकारी दिनुभयो । उहाले सभ्य समाज निर्माणसंगै अन्र्तराष्ट्रिय जगतसंम्म पुतलीबजारको पहिचान बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा उपप्रमुख देवी अयालले राष्ट्र समाज, स्वस्थ्य बन्नका लागि पनि खेलकुदको आवश्यकता पर्नेमा जोड दिनुभयो । पुतलीबजार खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यंक्रममा उपाध्यक्ष राजेन्द्र अर्यालले संचालन गर्नुभएको थियो ।
प्रतियोगितामा १५ समूह सहभागि थिए । खेलका बिभिन्न बिधामा पनि पुरस्कार दिइएको थियो ।