स्याङ्जा २० असार । पुतलीबजार नगरपालिका ११ मा बिहीवार मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
केन्द्रको स्थापना गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले गाउँघरका समस्यालाई समाधान गर्ने उदेश्यले वडा वडामा स्थापना गरिने मेलमिलाप केन्द्रका उदेश्य बमोजिम काम गर्न मेलमिलापकर्तालाई सुझाव दिनुभयो ।मेलमिलापले दुबै पक्षबीचको कमीकमजोरी पत्ता लगाई सुधारेर अघि बढ्न सक्नेगरी पक्षबीच समन्वय गर्न समेत उहाले आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालले गाउका समस्या गाउका मेलमिलापकर्ताले सहजरुपले बुझ्न सक्ने हुदाँ गाउघरका समस्या समाधानका धेरै कठिनाई नहुने बताउनुभयो । कठिनाई भएमा नगरपालिका र अन्य सरोकारवाला निकायसम्म सहयोग एवं समन्वय गर्दै अघि बढ्न सकिनेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. ११ का अध्यक्ष मनोज पौडल, नगर स्तरीय न्यायिक समिति सदस्य कमला गुरुङ, कार्यपालिका सदस्य संजीता अर्याल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सहजकर्ता बिष्णुकुमारी अर्याल लगायतले वडामा आइपर्ने झै झगडा र मनमुटावका घटनालाई मेलमिलापकर्ताका आचारसंहिता भित्र रही गाउघरमा मिलाउनु पर्ने बताउनुभयो ।
न्यायिक समिति शाखा प्रमुख सृजना लामिछानेले सहजकर्तालाई आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो ।
वडावडामा मेलमिलापकर्ता उत्पादन गर्ने उदेश्यले नगरपालिकाले ४८ घण्टा तालिम दिएपछि वडामा केन्द्र स्थापनाको अभियान संचालन गरेको हो ।
वडा नं. ११ वीना पराजुली अर्याल, सुनिता नेपाली, बिष्णु पंगेनी अर्याल, बिष्णुबहादुर पराजुली मातृकाप्रसाद अर्याल मेलमिलापकर्तामा सूचिकृत हुनु भएको छ ।
कार्यक्रमको सहजीकरण पुतलीबजार नगरपालिका स्थित मेलमिलाप शाखा प्रमुख सृजना लामिछानेले गर्नुभएको थियो ।