स्याङ्जा २० चैत । आज राष्ट्रिय सहकारी दिवस बिबिध कार्यक्रमगरि मनाइएका छन् । सहकारीको दिगोपन, स्वनियम र शुसासन भन्ने मुल नाराका साथ पुतलीबजार नगरपालिकामा ६६ औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले सहकारी उदेश्य राम्रा हुदैमा सहकारी राम्रो हुदैन, संस्थागत उदेश्यलाई इमान्दारिताका साथ राम्रो ब्यवस्थापन गरेमा फस्टाउने र दिगोपन रहने बताउनुभयो । बर्तमान अवस्थामा आर्थिक तरलताले बिभिन्न शंकाउपशंका भएका बेला सहकारीप्रतिको जनविश्वास बढाउदै अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय उपकोषाध्यक्ष हिरादेवी शर्मा, राष्ट्रिय सहकारी वैक पुतलीबजार शाखा प्रमुख पुष्पा केसी, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष रििवन्द्रप्रसाद श्रेष्ठ, जिल्ला सहकारी संघका उपाध्यक्ष संघ ताम्राकार, गाउले बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमराज अर्याल, चादनी बचत तथा ऋण सहकारीका अध्यक्ष लोकनाथ रेग्मी, कृषक बचत तथा सहकारीका अध्यक्ष राजाराम अधिकारी, नवज्योती कृषि सहकारीका प्रवन्धक भूमिजंग केसी, पंचमूखी बचत तथा ऋण सहकारीका अध्यक्ष नरबहादुर केसी, भैरव कालिका महिला बचत तथा ऋण सहकारीका अध्यक्ष लक्ष्मी कार्की लगायतले सहकारीका बर्तमान अवस्था र समस्याका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहकारी शाखा प्रमुख बिष्णुप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने योजना शाखा प्रमुख धनप्रसाद कोइरालाले टिप्पणी गर्नूभएको थियो । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रवक्ता मनोज पौडेलले स्वागत एवं अधिकृत गोबिन्द सुवेदीले संचालन गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमपूर्व पुतलीबजार नगरपालिका अन्र्तगतका सहकारी संस्थाका सदस्य, कर्मचारी, पदाधिकारी लगायतको समूहले नगरपरिक्रमागरी सभाहलमा पुगेर कार्यक्रम गरिएको थियो । नगरपालिका भित्र ७४ वटा बिभिन्न उदेश्यमूलक सहकारी संस्था रहेको र झण्डै २९ हजार सहकारीकर्मी आवद्ध रहेको बताइएको छ ।