स्याङ्जा २६ असार । पुतलीबजार नगरपालिकाले बिद्युत्तीय घर नक्सा पास प्रणाली सम्बन्धी तालिम सुरु गरेको छ ।
नव प्रवद्र्धन साझेदारी कोष कार्यक्रम अन्र्तगत बिद्युतीय घर नक्सा प्रणाली सम्बन्धी तालिम सहित अभिमूखीकरण कार्यक्रम गरिएको हो ।
चार दिने कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नगरबासीका सहजताका लागि पालिकाले बिद्युत्तीय प्रणालीबाट नक्सा पास गर्ने काम सुरु गरेको जानकारी दिनुभयो । उहाले सूचना र प्रबिधिको उपयोग गर्दै नगरपालिकाले आम नागरिकलाई छिटो, छरितो सेवा उपलब्ध गराउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख देवी अर्यालले बिद्युत्तीय नक्सा पास प्रणालीका बारेमा जानकारी गराउनुभयो । उहाले दुइ चरणमा दिईने तालिमा पहिलो चरणका दुई दिन जनप्रतिनिधि, वडा सचिव र दोश्रो चरणमा ब्यवसायी, घरमुली, कन्सल्टेन्सी लगायतलाई घर नक्सा पास सम्बन्धी तालिम दिईने बताउनुभयो ।
सोही कार्यक्रममा इन्जिनियर अरुण पौडेल र योजना तथा प्रशासकिय अधिकृत ताराचन्द्र ढकालले नक्सा पास सम्बन्धी सेवा प्रवाहका बारेमा सहजीकरण गर्नुभएको थियो । उहाहरुले बिद्युतीय सेवा र सेवाग्राही, कन्सल्टेन्सी, घरमुली, नगरपालिका, जनप्रतिनिधी, सचिव बीचको समन्वय तथा कामकारवाही सम्बन्धी जानकारी गराउनुभएको थियो ।