स्याङ्जा १४ फागुन । पुतलीबजार नगरपालिकाभित्रजन्मेर ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई फागुन १८ गतेदेखि २१ गतेसम्मदादुरा रुवेलाको खोप लगाईने भएको छ ।
सन२०२६ सम्ममा नेपालाई दादुरा रुवेला मुक्तबनाउने उदेश्यले पुतलीबजार नगरकार्यपालिकाको कार्यालयको अयोजनामा नगर स्तरीय खोप समन्वय समिति सदस्य, स्वास्थ्यकर्मी र सरोकारवालाबीच गरेको अन्र्तक्रिया गर्दे सो का बारेमा जानकारी गराइएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले ९ महिनादेखि ५ बर्ष मुनिकाकुनै पनि बालबालिका दादुरा रुवेला खोपबाट वंचित हुन नहुने बताउनुभएको छ । नगरप्रमुख रेग्मीले घर, टोल, समाजदेखि वडा हुदै पालिकासम्मका बालबालिकालाई खोपका बारेमाजानकारी गराउन सुझाव दिनुभयो ।
यस पुनित कार्यका लागि नगरकार्यपालिका, वडा, खोपसमन्वय समिति, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासी सबैले सहयोग गरेरबालबालिकालाई खोप लगाउने वातावरण मिलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता एवं वडाअध्यक्ष मनोज पौडेल, सामाजिक विकास समितिका संयोजक एवं वडाअध्यक्ष इर्मबहादुर सेनले वडाकार्यालयले बालबालिकालाई खोप लगाउने कार्यमा सबैको सकारात्मक सहयोग मिलेको र उहाहरुलाई बालबालिका लिएर खोप लगाउनका लागि आमन्त्रण गरिएको बताउनुभयो ।
जिल्ला अस्पताल स्याङ्जाका डा. सचिन रानाभाटा, जिल्ला स्वास्थ्य कार्यालय परिवार नियोजन अधिकृत मित्रअर्याल, पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले दादुरा रुवेला रोगकाबारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै यी दुबै धेरै छिटो सर्ने संक्रामक तथा प्राणघातकरोग भएको जानकारी दिनुभयो । उहाहरुका अनुसार यी रोगका लागि बिशेष औषधी रउपचार नभएकाले खोपबाट नियन्त्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।
पुतलीबजारका १४ वडामा४६ वटा खोपकेन्द्र मार्फत खोप दिईने हुदा आफुलाई पायक पर्ने स्थानमा गएर खोपलगाउन सकिने बताउनुभयो । पुतलीबजारमा जन्मेको ९ महिनादेखि ५ बर्षमुनिका २ हजार४२५ बालबालिकालाई खोप दिईने पालिकाको लक्ष्य छ । स्याङ्जाका ११ वटै पालिकामा झण्डै १६ हजार ४ सय बालवालिकाले उक्त खोप लगाउने भएकाछन् ।
ज्वरो आउनु, शरीरमा राता बिमिरादेखा पर्नु, खोकी लाग्नु, आँखा पाक्ने जस्ता लक्ष्यण देखा पर्ने र पछि ठूला जटिलता समेत आउन सक्ने जनाउदै दादुरा खोप लगाइ सकेका बालबालिकाले पनि पुनः खोप लगाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिनुभयो ।
स्याङ्जामा पालिका अनुसार आ आफुले मितिनिर्धारण गरेर खोप अभियान सुरु गरेका छन् भने पुतलीबजार नगरपालिकाले फागुन १८देखि २१ सम्मका लागि मिति तय गरेको छ । अन्र्तक्रिया कार्यक्रममा पुतलीबजार स्वास्थ्य अधिकृत इश्वरबहादुर थापाले संचालन गर्नुभएको थियो ।