स्याङ्जा ४ जेठ । पुतलीबजार नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा कांग्रेसका तुलसीराम रेग्मी र र उपप्रमुखमा देवी अर्याल विजयी हुनु भएको छ ।
उहाहरु दुबैले नेकपा एमालेतर्फका प्रमुख र उपप्रमुखका प्रतिस्पर्धी सीमा क्षेत्री र महेश पुरीलाई क्रमशस् २ हजार ४९४ र ९ सय ४७ मतले पछि पार्दे विजयी हुनु भएको छ ।
प्रमुख रेग्मीले १२ हजार ४९४ मत ल्याउँदा प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत पाउनु भएको छ । उपप्रमुख अर्यालले ११ हजार ७४८ मत ल्याउँदा पुरीले १० हजार सात सय ६१ मत पाउनु भएको छ ।
पुतलीबजारमा १४ वडा रहेकोमा कांग्रेसले ९ र एमालेले ५ वटा वडामा अध्यक्ष जितेको छ। पुतलीबजारका १४ मध्ये १, ३, ४, ५, ७, ८, १०, ११ र १४ मा नेपाली कांग्रेस र २, ६, ९, १२ र १३ मा वडामा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन। पुतलीबजार १ मा उत्तम श्रेष्ठ,२ मा भीमबहादुर गुरुङ, ३ मा राजेन्द्रप्रसाद श्रेष्ठ, ४ मा शिव थापा, ५ मा अर्जुनकुमार कार्की, ६ मा खेमबहादुर गुरुङ, ७ मा कृष्णबहादुर आले, ८ मा इमबहादुर सेन, ९ मा दुतप्रसाद गुरुङ, १० मा अग्निप्रसाद पौडेल, ११ मा मनोज पौडेल, १२ मा गन्जसिंह गुरुङ, १३ मा जुद्धबहादुर थापा मगर र १४ मा जितेन्द्रप्रकाश मल्ल निर्वाचित हुनुभएको छ । पुतलीबजार नगरपालिकामा ३७ हजार ७०८ जना मतदाता रहेकोमा २५ हजार १४९ जनाले मतदान गरेका थिए ।
यसअघि २०७४ सालको स्थानीय तहमा नेकपा एमालेले नै प्रमुख उपप्रमुख जितेको थियो। अघिल्लो निर्वाचनमा पनि सीमा क्षेत्री र तुलसीराम रेग्मीबीच चुनावी प्रतिस्पर्धा थियो। ३७ हजार ७०८ मतदाता रहेको पुतलीबजारमा २५ हजार १४९ जनाले मतदान गरेका थिए।