Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा ‘ईको भिलेज’ र ‘हरित रोजगार’ कार्यक्रम संचालन गरिदै
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा ‘ईको भिलेज’ र ‘हरित रोजगार’ कार्यक्रम संचालन गरिदै

    Syangja SandeshBy Syangja SandeshMay 28, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ जेठ । पुतलीबजार नगरपालिकाभित्रका ३ वटा पर्यटकीय क्षेत्रमा ‘ईको भिलेज’ स्थापना र ‘हरित रोजगार’ मा जोड दिने भएको छ। तरकारी तथा पशुपालनमा जोड दिई खाद्य बस्तुको आवश्यकतालाई स्थानीय स्तरमा परिपूर्तिगरी होमस्टेमा स्थानीय खानाको प्रवद्र्धन गनै उदेश्यले इको भिलेजको स्थापना गर्ने जनाईएको हो।
    नगरभित्र ५० हजार सुन्तलाका बिरुवा बितरण सहित ३ सय रोपनी बाँझो जग्गामा समेत हरित उद्यम सिर्जना गर्ने भएको छ।
    संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (यूएनडीपी) र पुतलीबजार नगरपालिकाको आर्थिक प्राबिधिक सहयोगमा नगरपालिकामा हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य पहल परियोजनाले सो कार्य गर्ने भएको हो। परियोजनाको ब्यवस्थापनको जिम्मेवारी सूर्योदय क्लवले गर्दै आएको छ।
    परियोजनाले २ सय ९५ जना दक्ष नर्सरी ब्यवस्थापक बनाई ५ लाख बिरुवा उत्पादनगरी २ हजार मेट्रीक टन तरकारी उत्पादन गर्न सक्षम बनाउने जनाएको छ। साथै, २५ वटा टनेल, २५ वटा ग्रीन हाउस, ५ वटा गड्यौला मल बनाउने केन्द्र समेत स्थापना गर्ने जनाएको छ।
    परियोजना बिगत ३ बर्षदेखि पुतलीबजारमा संचालनमा छ। यहाँका १४ वटै वडामा संचालन हुनेछ। कोभिड १९ को महामारीबाट नगरमा सामाजिक र आर्थिक रुपमा गम्भीर प्रभावित भएका बिशेषगरी महिला, युवा, अशक्त ब्यक्तिका जीवनस्तरमा सुधार ल्याउने उदेश्यले परियोजना संचालनमा ल्याइएको हो।
    प्ुातलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई हरितःपुनउत्थान परियोजनाका बारेमा जानकारी गराउदै किसानलाई उद्यमशिलता र प्राबिधिक ज्ञान बृद्धि गराई उत्पादित बस्तुको बजारीकरण, आधुनिक उपकरणको प्रयोगसंगै नयाँ सोच सहित ब्यवसायमा संलग्न गराई महिला तथा सिमान्तकृत बर्गलाई हरित रोजगारी मार्फत समाजिक प्रगती र आर्थिक बृद्धि सुनिश्चितता गर्ने परियोजनाको मुख्य उदेश्य रहेको संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम गण्डकी लुम्बीनी प्रदेश प्रमुख सुदीप अर्यालले जानकारी दिनुभयो ।
    हरित पुनःउत्थान परियोजनालाई नगरका १४ वटै वडामा संचालनमा ल्याई किसानका रुची र नगरको भुगोल अनुरुप मौसमी तथा बेमौसमी कृषि ब्यवसायमा आर्कर्षण बढाई आर्थिकोपार्जनमा जोड दिने नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।
    ‘किसान उत्पादन र उत्पादित कृषि उपजको बजारीकरणको जिम्मेवारी नगरपालिकाले लिनेछ।’ उहाले भन्नुभयोे, ‘कृषि एम्बुलेन्सको ब्यवस्था सहित किसानका उत्पादनमूल्य हामी उपलब्ध गराउनेछौं।’
    सोही कार्यक्रमका उपप्रमुख देवी अर्यालले धेरै भन्दा धेरै महिला दिदीबहीनीलाई तालिम उपलब्ध गराई ब्यवासायमा आवद्ध गराउनेगरी महिलामैत्री कृषि प्रबिधिमा जोड दिने बताउनुभयो ।
    कार्यक्रममा प्रधानमन्त्री सुन्तला सुपरजोनका प्रमुख माधव लम्साल, प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ति, सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, वडा अध्यक्ष अग्नीप्रसाद पौडेल, सहजकर्ता भावना शर्मा लगायतले नगरले विगतका अभ्यास र अव गर्नुपर्ने कामका बारेमा सुझाव सहित जानकारी गराउनुभयो ।
    परियोजना अन्तर्गत कृषि उत्पादन र पशुधन, उद्यम विकास, उद्यमशीलता, व्यवसाय प्रवर्धन तथा नवपर्वतन केन्द्रको स्थापना, जिविकोपार्जन सुधारको लागि ईको टुरिजम प्रवर्धन, प्रशोधन केन्द्र निर्माण, कमजोर एवं विपन्न समुदायको लागि जिविको पार्जनमा सुधार, माटो परिक्षण केन्द्र स्थापना आदि काम गरिने कार्यक्रम संयोजक पुजा अर्यालले बताउनुभयो ।
    पुतलीबजार नगरपालिकाको झण्डैं १ करोड ४३ लाख, संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको १ करोड १६ लाख र अन्य १० लाखगरी झण्डैं २ करोड ७० लाखको लागतमा संचालित सो परियोजना सन २०२३ मार्चसम्म संचालनमा रहने छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.