Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा आयोजित महिलाका क्षमता विकास तालिम सम्पन्न
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा आयोजित महिलाका क्षमता विकास तालिम सम्पन्न

    पुतलीबजार नगरपालिकामा जारी महिला संजालका पदाधिकारीहरुको क्षमता विकास सम्बन्धी ३ दिने तालिम आइतवार सम्पन्न भएको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 20, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ जेठ । पुतलीबजार नगरपालिकामा जारी महिला संजालका पदाधिकारीहरुको क्षमता विकास सम्बन्धी ३ दिने तालिम आइतवार सम्पन्न भएको छ ।

    पुतलीबजार नगरपालिकाद्धारा आयोजित कार्यक्रमको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले तालिममा प्राप्त ज्ञानगुनलाई आआफना वडाका महिला दिदीबहिनीलाई जानकारी गराउन सुझाव दिनुभयो । महिलालाई आत्मनिर्भर बनाउनेगरी सीपमूलक तालिम संचालनका लागि तयारी भैरहेको उहाले जानकारी दिनुभयो ।

    स्थानीय तहमा प्राप्त कच्चा पदार्थको उपयोग गर्दे बिभिन्न हस्तकलाका सामाग्री निर्माणका केही वडाले काम गरिरहेको पनि उहाले भन्नुभयो । पालिकाले सिमित स्रोत र साधनको परिचालन गर्दै यस्ता कार्यक्रम संचालन गर्नु परेको बताउदै महिलाका माग र आवश्यकता बमोजिमका सीपमूलक तालिम उपलब्ध गराउने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्यालले महिला दिदीवहिनीका क्षमता बृद्धिसंगै आजआर्जनमा जोड्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो । तालिमका लागि तालिम मात्र नभई सिप सिकेर उद्योग ब्यवसाय संचालन गर्न समेत सहभागीलाई आग्रह गर्नुभयो ।

    प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी पौडेलले नगरपालिका भित्र संचालित विकासे निर्माण लगायतका क्षेत्रमा महिला सहभागिता देखिनेगरी अग्रसरता लिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा नगर महिला संजालका अध्यक्ष सीता गोदार, वडा नं। १३ का महिला संजाल अध्यक्ष लक्ष्मी थापा, वडा नं। १ का महिला संजाल अध्यक्ष देवी पौडेल लगायतले तालिमको प्रभावकारिता र आवश्यकताका बारेमा आ आफना धारणा सुनाउनुभयो ।
    उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख ठगीकुमारी खनालले गर्नुभएको थियो ।

    महिला सम्बन्धी कानून, कार्यान्वयनको अवस्था, महिला सशक्तीकरण, लैगिंक हिंसा, मानव अधिकार, सूचना सञ्चार लगायतका बिषयमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला न्यायधीवक्ता श्रीकला पौडेल, एकद्धार संकट ब्यवस्थापन कार्यक्रम संयोजक गीता न्यौपाने, महिला तथा बालबालिका शाखा प्रमुख ठगीकुमारी खनाल, स्याङ्जा रेडियो तथा टेलिभिजनका प्रवन्धक रमेश गोदारले प्रशिक्षण दिनुभएको थियो ।

    नगरपालिका अन्र्तगत १४ वटै वडामा रहेका महिला संजालका पदाधिकारीहरुलाई लक्षित गर्दै सुरु गरिएको तालिममा १४ वटै वडामा गठित महिला संजालका पदाधिकारी सहित ६५ जनाको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.