स्याङ्जा २५ माघ । पुतलीबजार नगरपालिकामा (बुधवार) देखि ५ औं राष्ट्रपति रनिङ् शील्ड प्रतियोगिताको सुरु भएको छ ।
प्रतियोगिताको उदघाटन गर्दे सांसद राजु थापाले शिक्षा र स्वास्थ्यमा परिवर्तनको आवश्यकता औल्याउनुभयो । जवसम्म शिक्षामा परिवर्तन गर्न सकिदैन तबसम्म हाम्रा पुस्ताको भविष्य मुलुकमा अडिने खालको वातावरण बन्न नसक्ने बताउनुभयो । जवसम्म शिक्षामा परिवर्तन ल्याउन सकिदैन तबसम्म हाम्रा सोच र ब्यवहारमा परिवर्तन आउन सक्दैन त्यसैले शिक्षा र खेलकुदमा परिवर्तनका लागि सबै राजनीतिक दलहरु एकै ठाउमा उभिनुको पर्नेमा जोड दिनुभयो ।
शिक्षासंगै खेलकूदलाई पनि संगसंगै लानु पर्नेमा जोड दिदै उहाले भूगोल सूहाउदो शिक्षा, खेलकूद लगायत हाम्रा कला संस्कृति र राष्ट्रिय भाव जगाउनुका साथै आत्मनिर्भर शिक्षा हुनुपर्ने उहाको भनाई छ । विगतमा हुने वीरेन्द्र शील्ड प्रतियोगिताको शैली र अहिले हुने राष्ट्रपति रनिङ् शील्ड प्रतियोगीतामा फरकपन देखिनुपर्ने उहाले भन्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, जिल्ला समन्वस समिति सदस्य नेमबहादुर राना, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति शुरजकुमार अधिकारी, स्याङ्जा आवाशिय माविका प्रिन्सिपल लेखनाथ शर्मा, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, छात्रछात्रा परिवेश मरासिनी र गरिमा भुजेल लगायतले शिक्षा र खेलकुद क्षेत्रमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कायृक्रममा नगर प्रवक्ता मनोज पौडेलले स्वागत एवं शिक्षा अधिकृत गोविन्द सुवेदीले संचालन गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा संचालित प्रतियोगिता २८ गतेसम्म रहने छ भने यहाँ ३२ बिद्यालय सहभागी छन् । यसैगरी,े मार्चपासमा भूतपूर्व सैनिक आवासिय मावि प्रथम, ज्ञानोदय आवासिय मावि द्धितिय र स्याङ्जा आवासिय मावि तृतीय भएका छन ।
