स्याङ्जा १३ कात्तिक । पुतलीबजार नगरपालिका ९ कोल्माको बराहचौरमा पुस ७ गते शनिवार चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता गरिने भएको छ ।
ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता गर्न सकिन्छ भन्ने सूचना प्रवाह गर्ने उदेश्यले दौड प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ ।
‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने नाराका साथ सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने भएको हो।
दौड अन्र्तगत खुल्लातर्फ २५ र १० तथा महिलाका लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मंचका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
उनका अनुसार, जुनसुकै उमेर र खुल्लातर्फ २५ किलोमिटर छ। एक्काइस बर्षमुनिकाका लागि खुल्लातर्फ नै १० किलोमीटर राखिएको छ।, र महिलाका लागि मात्र ५ किलोमीटरगरी ३ बिधाका दौड प्रतियोगिता हुनेभएको छ।
कोल्मा बराहचौरदेखि सुरु गरिने दौड प्रतियोगिता काउँले — बहाकोट — राङभाङ डाँडा स्वारा — नाम्चे — काल्खु — राईपुर — ओरष्टे भन्ज्याङ् हुदैं पुनः कोल्मा सम्मको लागि रुट तय गरिएको छ। दौड प्रतियोगिताले स्याङ्जा र तनहुँलाई जोडेको छ ।
२५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजार सहित ट्रफी र मेडल पाउनेछन ्।
यसैगरी, १० किलोमीटरतर्फ प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश ः २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी र मेडल पाउनेछन्।
महिलातर्फको ५ किलोमीटरतर्फ प्रथमले १५ हजार, द्धितियले १० हजार र तृतीयले ५ हजार नगद पाउने पूर्व महासचिव मन थापाले जानकारी दिनुभयो ।
बर्षेनी गरिदै आएको प्रतियोगिता २०७५ बाट सुरु भएको हो। कोरोनाका कारण २०७७ र २०७८ मा स्थगित भएको थियो।
प्रतियोगिताले सामाजिक सदभाव, मेलमिलाप विकास गर्ने लगायत साइकल रुट, खेलमैदान निर्माण, प्याराग्लाइडिङ्को परिक्षण, रक क्वाइमिङ्, ¥याप्लिङ्, जीप लाइन, होम स्टे निर्माण लगायतलाई सहयोग पुरयाउने उदेश्य लिइएको छ।