स्याङ्जा, १८ असार । पुतलीबजार नगरपालिकामा कार्यरत १४ जनाको बढुवा र २९ जना कर्मचारीको ग्रेडवृद्धि भएको छ ।
पालिकाको भर्खरै सम्पन्न नवौं नगरसभाले कर्मचारी व्यवस्थापन ऐन २०७८ पारित गरेसंगै पालिकामा कार्यरत ४३ जना कर्मचारी मध्ये उनीहरुले बढुवा र ग्रेडबृद्धि पाएका हुन ।
पालिकामा कार्यरत कर्मचारी आठौ, सातौं, छौटौं र पाचौं तहमा बढुवा भएका हुन । छैटो तहमा ताराचन्द्र ढकाल, सातौं तहमा कपिल गिरी, छैटौं तहमा अरुण पौडेल, मनि राना र पमनारायण पराजुली छन् ।
पाँचौ तहमा राजेश पुरी, नरबहादुर पराजुली, दिपक जंग केसी, चन्द्रबहादुर कार्की, हरीलाल ढकाल, हिमकान्त रेग्मी, कुलप्रसाद मरासीनी, राजु रेग्मी र यमबहादुर मल्ल छन् ।
बढुवा हुनेहरुमा आठौं तह र सातौं तहमा १÷१ जना, छौटौं तहमा ३ जना र पाचौं तहमा ९ जना छन् ।
बढुवा भएका कर्मचारीलाई बधाईदिदै नगरप्रमुख सीमा क्षेत्री, उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकियय अधिकृत पुरुषोत्तम शर्मा लगायतले कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो र सहज बन्नुपर्नेमा जोड दिए ।
Tuesday, October 14
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ