स्याङ्जा, १० जेठ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले शुक्रवार पदवहाली गर्नुभएको छ ।
कार्यालयमा आयोजित पदवहाली कार्यक्रमपछि बोल्दै नगरप्रमुख रेग्मीले नगरबासीको जनमतको कदर गर्दै सुशासनयुक्त नगरपालिका बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।
सिमित स्रोत साधनको परिचालन गर्दे नगरको विकास निर्माणमा जुट्नु पर्ने अवस्था रहेको जनाउदै प्रमुख रेग्मीले पहिलो प्राथमिकतामा सुशासनलाई राखेको जनाए। सुशासनयुक्त रहे मात्र भ्रष्टाचारमुक्त हुने र तब, मात्र विकास र समृद्धीले गति लिनेमा उहाले जोड दिनुभयो ।
समग्र नगरको विकास र समृद्धीका लागि जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीसंगको हातेमालो गर्र्दे अघि बढ्ने प्रतिवद्धता उहाले जनाउनुभयो । शिक्षा, स्वास्थ्य, रोगजार, युवा स्वरोजगारका कार्यक्रमलाई बढवा दिने उहाका भनाई छ।
उहाले भन्नुभयोे, ‘बिगतका कमीकमजोरी सुधारगर्दे सुखी र समुन्नत नगरबासी बनाउने कार्यमा आजैदेखि जुटुनेछु।’
यसैगरी, उपप्रमुख देवी अर्यालले न्यायिक समितिलाई जिम्मेवार बनाई न्यायका पक्ष र महिला सशक्तिकरण र रोजगार कार्यक्रमलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।
सबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले जनप्रतिनिधी साझा उम्मेदवार भएको बताउदै निवर्तमान जनप्रतिनिधीका अनुभव र कार्यका बारेमा छलफल र सहकार्य गर्दे नगरको विकास र समृद्धीमा जुट्न सुझाव दिनुभयो ।
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति कुमार राना, महासमिति सदस्य तुलसी गिरी, प्रवक्ता भरत लम्साल, नेपाली कांगैस नगरसभापति सुरजकुमार अधिकारी, प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ति लगायतले सुखी समुन्नत पुतलीबजार निर्माणमा सहयोग गर्ने बताउनुभयो ।
पदवहालीपछि प्रमुख रेग्मी र उपप्रमुख अर्यालले नगरपालिका परिसरमा सुन्तलाका बिरुवा रोप्नु भएको थियो ।
पुतलीबजार नगरपालिकामा २५ बर्षपछि नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित भएको हो।