स्याङ्जा ८ जेठ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा किशोरीहरुका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम मंगलबार (आज) देखि सुरु भएको छ ।
त्रिभुवन आर्दश माध्यमिक बिद्यालयमा संचालित तालिमको उदघाटन गर्दै प्रहरी उपरीक्षक शालिकराम शर्माले यस्ता खालका तालिमले किशोरीका आत्मविश्वास बढ्नुका साथै प्रतिरक्षा क्षमता बृद्धि हुने बताउनुभयो । उहाले किशोरीहरुले अनावश्यक रुपमा सामाजिक संजालको प्रयोग नगर्न र नचिनेका ब्यक्तिसंग अनावश्यक कुराकानी नगर्न समेत सुझाव दिनुभयो । लागुऔषध र मानववेचबिखन जस्ता कुराहरु नजानिदो ढंगबाट सुरुवात हुने जनाउदै यसतर्फ बेलैमा सचेत रहन समे प्रहरी प्रमुख शर्माले किशोरीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक प्रेम पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, जिल्ला बाल संजालका सहसचिव दृष्टि शर्मा लगायतले यस्ता तालिमको सदुपयोग गर्दे आफना घरपरिवार सहित बिद्यालयका साथीहरुलाई समेत सिकाउनु पर्नेमा जोड दिनुभयो ।
सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नायब सुब्बा द्रोर्णप्रसाद पनेरुले गर्नुभएको थियो । तालिममा ९ वटा सामुदायिक बिद्यालयका ५० जना छात्रा तथा किशोरीहरुको सहभागिता छ ।
तालिममा ब्यवहारिक एवं सैद्धान्तिक तालिम प्रदान गरिने प्रमुख रेग्मीले जानकारी दिनुभयो ।