स्याङ्जा १ फागुन । निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले ५ करोडसम्मको योजना निर्माण गर्नका लागि सम्बन्धित जिल्लाका ब्यवसायीले मात्र गर्न पाउनु पर्ने बताउनुभएको छ ।
निर्माण ब्यवासायी संघ स्याङ्जाको आयोजना तथा निर्माण ब्यवसायी महासंघको सहयोगमा आयोजित २ दिने बिद्युत्तीय सरकारी खरिद प्रणाली बिषयक प्रशिक्षण कार्यक्रमको स्याङ्जा सदरमुकाममा उदघाटन गर्दै उहाले सो कुरा बताउनुभएको हो ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दे केन्द्रीय उपाध्यक्ष समेत हुनभएका पहाडीले नजिकिदै गरेको महासंघको अधिवेशनमा गण्डकी प्रदेश अन्र्तगतका सबै जिल्लाका ब्यवसायीले साझा माग बनाउन र नियमाबली संसोधन गर्न समेत आग्रह गर्नुभयो । प्रबिधिको उपयोग गर्दे निर्माण ब्यवसायीले स्वच्छ प्रतिस्पर्धाबाट गुणस्तरीय विकास निर्माण गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य राजेश मल्लले इविडिङ्को दुरुपयोग गर्दे कम मूल्यमा योजना पार्ने काम गर्दा अस्वस्थ प्रतिस्पर्धा बढेको बताउदै यस्ता कार्यप्रति ब्यवसायीले ध्यान पुरयाउनुपर्ने बताउनुभयो ।
निर्माण ब्यवसायी संघ स्याङ्जाका वरिष्ठ उपाध्यक्ष दिलिपकुमार बगाले, महासचिव कृष्णप्रसाद पोखरेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले स्वच्छ ब्यवसाय अघि बढाउन सहयोग पुग्ने यस्ता तालिममको सही सदुपयोग गर्न ब्यवसायीलाई सुझाव दिनुभयो ।
स्याङ्जाका ३० जना निर्माण ब्यवसायी सहभागी रहेको सो तालिममा इन्जिनियर आशित अधिकारी र अधिकृत इमेश गौतमले प्रशिक्षण दिनुभएको थियो ।