Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पहिरो बिस्थापित ६ परिवारलार्ई वालिङले दियो जग्गाधनी पूर्जा
    वालिङ् नगरपालिका

    पहिरो बिस्थापित ६ परिवारलार्ई वालिङले दियो जग्गाधनी पूर्जा

    Syangja SandeshBy Syangja SandeshAugust 8, 2021Updated:August 9, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    तोलाकान्त बगाले
    वालिङ, २४ साउन । पहिरो प्रभावित यहाँका छ घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको छ । गतवर्ष वर्षासँगै बस्तीमा धाँजा फाटेकाले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणका लागि स्याङ्जाको वालिङ नगरपालिका ८ दमैडाँडाका छ घर परिवारलाई घर निर्माणका लागि जग्गा हस्तान्तरण गरिएको हो ।

    पहिलेदेखि बस्दै आएको घर बस्तीमा गतवर्षको वर्षायाममा जमिन भास्सिने, चिरिएकाले प्राविधिकको राय सुझाव अनुसार उहाँहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भएकाले जग्गाको खोजी गरेसँगै जग्गा प्राप्ति भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    “उहाँहरु बस्दै आउनुभएको बस्ती नजिकै स्थानीय दलबहादुर बस्नेतको नाममा रहेको जग्गा एकमुष्ट खरीद गरी जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “जग्गा प्राप्तिसँगै अब केही दिनमै आवास निर्माणको प्रक्रिया थाल्छौं र सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गर्छौं ।”

    जग्गा प्राप्तिदेखि आवास निर्माणका लागि केन्द्र, प्रदेश र वालिङ नगरपालिकाको संयुक्त लागत साझेदारी रहने नगर प्रमुख खाँणले बताउनुभयो ।

    मनसुनजन्य विपदका कारण वालिङ नगरपालिकाका विभिन्न वडाका बस्तीहरु विस्थापित भएकाले यहाँका नागरिकहरुको सुरक्षित बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी कार्य जारी रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

    “वडा नं. ८ मा रहेको दमैडाँडाको बस्ती स्थानान्तरणका लागि जग्गा प्राप्ति भयो” नगर प्रमुख खाँणले भन्नुभयो, “अब त्यस ठाउँमा आवश्यक प्रक्रिया पूरा गरी एउटै प्रकृतिको आवास निर्माण थाल्छौं, जग्गा प्राप्ति नभएका अन्य बस्तीहरु स्थानान्तरणका लागि जग्गा खोजी कार्यलाई तिब्रता दिंदै यसैवर्ष सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गर्छौं ।”

    गतवर्षसम्मको मनसुनजन्य विपदका कारण प्रभावित हुने घरपरिवार नगरपालिकाभित्र ४० भन्दा बढी रहेका छन् । छ घर परिवारलाई प्रतिघर करीब ५ आनाका दरले जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताउनुभयो । वडा अध्यक्ष सुबेदीका अनुसार उक्त जग्गा खरीद तथा पास गर्दा रु. १४ लाख ४० हजार लागेको छ ।

    “भिरालो पाखामा रहेको उक्त दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको थियो” वडा अध्यक्ष सुबेदीले भन्नुभयो, “प्राविधिक दृष्टिले बस्न जोखिम र अयोग्य भएकाले बस्ती स्थानान्तरणको विकल्प नभएपछि जग्गा प्राप्तिका लागि जग्गा खोजी कार्य अगाडि बढायौं, फलस्वरुप जग्गा प्राप्ति भएको छ अब निर्माण थाल्छौंं ।”

    वालिङ ८ दमैडाँडाका टीकामाया दर्जी, डोलमाया दर्जी, कृष्णबहादुर दर्जी, सूर्यबहादुर दर्जी, प्रदीप दर्जी र हरिबहादुर नेपालीलाई जग्गा हस्तान्तरण गरिएको हो ।

    गतवर्ष वर्षायामका समयमा छ घर परिवारका ३५ जनालाई उक्त बस्तीलाई नजिकैको सामुदायिक विद्यालयमा राखिएको थियो ।

    पानी पर्नासाथै त्रासमा रहेको यो बस्ती सुरक्षित स्थानमा स्थानान्तरण हुने पाउने भएपछि खुशी लागेको स्थानीय बृद्धा टीकामाया दर्जीले बताउनुभयो । “पानी पर्दा घरमा सुत्नै डर लाउँछ, कतिबेला के हुने हो भन्ने चिन्ताले सताउने गर्छ” दर्जीले भन्नुभयो, “वडा र नगरपालिकाका जनप्रतिनिधिहरुको निरन्तरको खटाई र चासोले गर्दा अब हामी सुरक्षित ठाउँमा बस्न पाउने भएपछि खुशी लागेको छ ।” ज्याला मजदूरीमा आश्रित उक्त बस्तीका नागरिकहरुले घर निर्माण कार्य छिट्टै थाल्न अनुरोध गर्दै आँफूहरुले नै घर निर्माणमा काम गर्ने जनाएका छन् ।

    ((

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.