Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पहिरोमापरि ज्यान गुमाएका परिवारसंग दुखभेट सहित राहत प्रदान
    आँधीखोला गाउँपालिका

    पहिरोमापरि ज्यान गुमाएका परिवारसंग दुखभेट सहित राहत प्रदान

    स्याङ्जा प्रशासन र आँधीखोला गाउँपालिकाले विपत्तीमापरि ज्यान गुमाएका बिचारीचौताराका तुलसीप्रसाद र फलेवासका झलक पौडेलको परिवारलाई भेट गर्नुका साथै बाढी पहिरो प्रभावित बस्तीको निरीक्षण तथा अनुगमन गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 11, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ असार । स्याङ्जा प्रशासन र आँधीखोला गाउँपालिकाले विपत्तीमापरि ज्यान गुमाएका बिचारीचौताराका तुलसीप्रसाद र फलेवासका झलक पौडेलको परिवारलाई भेट गर्नुका साथै बाढी पहिरो प्रभावित बस्तीको निरीक्षण तथा अनुगमन गरेको छ ।

    बिपद ब्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको नेतृत्वमा गएको टोलीले तुलसीप्रसादका परिवारलाई राहत रकम समेत उपलब्ध गराएको छ । सप्रजिअ पौडेलले गण्डकी प्रदेश सरकारद्धारा उपलब्ध भएको ५० हजार नगद परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

    राहत रकम हस्तान्तरण गर्दै सहायक प्रजिअ पौडेलले दुखद घटना घटेको स्मरण गर्दैै मानवीय क्षति अपुरणीय हुने बताउदै आश्रित परिवारको राहतका लागि राज्यले उपलब्ध गराएको रकम प्रदान गरिएको बताउनुभयो । उहाले भन्नुभयोे, ‘संघीय सरकारद्धारा उपलब्ध हुने २ लाख रुपैंया पत्नीका बैक खातामा राखिदिने छौं।’ बर्षाको समय अझै रहेको जनाउदै सबैभन्दा पहिला ज्यान जोगाउनका लागि सुरक्षित स्थानमा बस्नका लागि सुझाव दिनुभयो ।

    गाउपालिकाका अध्यक्ष विश्व पौडेलले स्थानीय बिपद ब्यबस्थापन समितिको बैठकले क्षतिको बिबरण संकलनगरी प्रभावित ब्यक्तिका लागि तत्काल राहत सहयोग उपलब्ध गराइएको र थप सहयोगका लागि पालिका जुटिरहेको जानकारी गराउनुभयो । उहाँले सुरक्षित स्थानमा बसोवासको ब्यवस्थापन बिजुली, खानेपानी र खाद्य ब्यवस्थापनमा पालिका जुटेको पनि बताउनुभयो ।

    भेटघाट एवं अनुगमनका लागि पर्वतका सांसद, गाउँपालिकाका उपाध्यक्ष सीता थापा, प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर राना, आधीखोला ३ का अध्यक्ष शेरबहादुर कार्की लगायत अन्य वडाका अध्यक्षहरु, स्थानीयबासी लगायत सहभागीले बाढी पहिराको निरीक्षण एवं अनुगमन गर्नुभएको थियो ।

    स्याङ्जाको आँधीखोला गाउँपालिका ३ बिचारीचौताराका तुलसीप्रसाद पौडेल र पर्वतको फलेवास नगरपालिका १ का झलकप्रसाद पौडेललाई शनिवार आएको पहिराले बगाउदा मृत्यु भएको थियो ।

    बीचमा खोला, खोलाको वारी स्याङ्जा र पारी पर्वत छ । पर्वतको फलेवासतर्फ पहिरो झरेर गोठमा पुरिन थालेपछि गोठमा बाधिएका भैसी बाख्रा फुकाउन खोज्दा झलक र तुलसीलाई पहिराले हुत्ताएर खोलामा पुरयाएको स्थानीयको भनाई छ ।

    चार दाजुभाई मध्ये झलक कान्छा र अविवाहित हुन। तुलसी एउटै छोरा हुन भने उनका पत्नी, स—साना २ छोरी, बुवा, आमा छन् ।
    शनिवारको पहिराले आँधीखोलाका २ जनाको ज्यान गएको छ भने २ जना घाईते छन । ती मध्ये घाईते एक महिलाको पोखरा स्थित अस्पतालमा उपचार भैरहेको छ । उहाका अवस्था गम्भीर रहेको स्थानीयबासीको भनाई छ । पहिराका कारण ८ घरपरिवार विस्थापित भएका छन् ।

    पर्वततर्फको राहतको ब्यवस्था पर्वत जिल्ला प्रशासनद्धारा हुने जनाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.