Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 20
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जलवायु परिवर्तन अनुकूलन मार्फत जीविकोपार्जनमा सुधार गर्नेछौं — कुश्माका प्रमुख जोशी
    समाचार

    जलवायु परिवर्तन अनुकूलन मार्फत जीविकोपार्जनमा सुधार गर्नेछौं — कुश्माका प्रमुख जोशी

    युएसएआईडी जल जङ्गलको सहयोगमा स्याङ्जा, पर्वत र कास्की जिल्लाको पञ्चासे क्षेत्रमा सञ्चालन हुन लागेको जलवायु परिवर्तन अनुकूलन मार्फत स्थानीय जीविकोपार्जनमा सुधार परियोजनाको शुभारम्भ कार्यशाला आज पर्वतमा सम्पन्न भएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 26, 2024Updated:July 26, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पर्वत ११ साउन । युएसएआईडी जल जङ्गलको सहयोगमा स्याङ्जा, पर्वत र कास्की जिल्लाको पञ्चासे क्षेत्रमा सञ्चालन हुन लागेको जलवायु परिवर्तन अनुकूलन मार्फत स्थानीय जीविकोपार्जनमा सुधार परियोजनाको शुभारम्भ कार्यशाला बिहीवार पर्वतमा सम्पन्न भएको छ ।

    कुस्मा नगरपालिका तथा मोदी गाउँपालिका साथै पर्वत जिल्लाका सरोकारवालहरूलाई युएसएआईडी जल जङ्गल कार्यक्रमको सहयोगबारे स्पष्ट गर्ने, आस्क नेपालद्वारा सञ्चालन गर्न लागिएको परियोजनाका क्रियाकलापकोजानकारी गराउने, कार्यक्रम स्थान तथा क्षेत्रबारे स्पष्ट पार्ने, कार्यक्रमको विधि तथा प्रक्रिया साथै समन्वयकारी भूमिकाबारे समेत छलफल गर्ने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न लागिएको हो ।

    कार्यशाला शुभारम्भमा बोल्दै कुस्मा नगरपालिका पर्वतका नगरप्रमुख रामचन्द्र जोशीले बदलिँदो जलवायु परिवर्तनले वन तथा वातावरणलाई नकारात्मक असर पारेको, मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको र पञ्चासे क्षेत्रकाबाट बसाइसराइअत्यधिकरूपमा भइरहेको अवस्थामा जल जङ्गल परियोजनाले सम्बोधन गर्नेमा विश्वस्त रहँदै परियोजनाका उद्देश्य प्राप्तिका लागि पालिकाबाट आर्थिक, नैतिक र भौतिक लगायतका सहयोगका लागि कुनै कसुर नराखिने बताउनु भयो ।

    कार्यशालामा मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले कार्यक्रमलाई सचेतना सँगसँगै उद्यममा जोडेर लैजान सके गाउँमै उद्यमीको विकास हुने, जग्गा जमिन पनि नबाँझिने र गाउँमै स्वरोजगार समेत बढ्ने हुँदा सो तर्फ केन्द्रित गर्न अनुरोध गर्दै आफूलेपालिकाको तर्फबाट समन्वयात्मक ढङ्गलेकाम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सोही क्रममा परियोजना सञ्चालन गर्ने स्थानीय साझेदार संस्था आस्क नेपालका अध्यक्ष रुकुमदत्त शर्माले संस्थाका विगतकागतिविधिबारे चर्चा गर्दै यो परियोजनाले जलवायु परिवर्तन अनुकूलनका लागि जीविकोपार्जनका अवयवहरूलाई जोडिएकोले फलदायी बनाउन सबै पक्षको सहयोग रहने र एकीकृतरूपमा कार्यक्रम सञ्चालन गर्दा जलवायु परिवर्तनका कारण जोखिममा परेका पञ्चासे क्षेत्रका नागरिकले अनुकूलनको क्षमता बढाउन सहयोग पुग्ने समेत अपेक्षा गर्नुभयो ।

    आस्क नेपालका कार्यक्रम तथा साझेदारी विकास निर्देशक हरीप्रसाद ढकालले युएसएआईडी जलजङ्गल कार्यक्रम तथा कार्यक्रम संयोजक रेसम कार्कीले परियोजनाले आगामी ५ महिनामा सञ्चालन गरिने परियोजनाका गतिविधिबारेप्रस्ट पार्नुभएको थियो ।

    कार्यशालामा कुस्मा नगरपालिका तथा मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरू, पञ्चासे संरक्षित वन मूल परिषद् साथै जिल्ला इकाई पर्वतका अध्यक्ष एवं प्रतिनिधिहरू, सामुदायिक वन उपभोक्ता महासङ्घ पर्वतका अध्यक्ष एवं प्रतिनिधिहरू साथै पर्वत पञ्चासे क्षेत्रका सामुदायिक वनका सदस्य लगायत १७ जनाले कार्यक्रमलाई प्रभावकारी बनाउने सन्दर्भमा आआफ्नो राय तथा सुझाव राखेका थिए ।

    युएसएआईडी जल जङ्गल कार्यक्रमका लागि स्थानीय साझेदार संस्था आपसी सहयोग केन्द्र नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यशालामा फिल्ड अधिकृत सुसन तिवारीले स्वागत र साझेदारी विकास निर्देशक हरीप्रसाद ढकालले सञ्चालनगर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.