Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 3
    Trending
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पर्यटकीय गन्तब्य बन्दै भालुपहाडको झोलुंगेपुल
    फेदिखोला गाउँपालिका

    पर्यटकीय गन्तब्य बन्दै भालुपहाडको झोलुंगेपुल

    Syangja SandeshBy Syangja SandeshJuly 13, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, २९ असार । फेदीखोला गाउँपालिकास्थित भालु पहाडमा निर्मित झोलुंगे पुल पछिल्लो समय आकर्षक पर्यटकीय गन्तब्यको रुपमा चिनिन थालेको छ।

    गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा जोड दिँदै भालुपहाडस्थित सेतीखोलामाथि झोलुंगे पुल निर्माण गरेको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो। उहाले भन्नुभयो ुपर्यटन प्रवर्द्धन र आयआर्जन बढाउने हाम्रो लक्ष्य हो।ु

    गाउँपालिकाको वडा नं। २ को वडाचौर र ३ का पातीहाल्ना गाउँलाई झोलुंगेपुलले जोडेको छ।जसका कारण भालुपहाडको रमणीय स्थलको शौन्दर्य बढ्नुका साथै पैदलघुमफिर गर्ने थलो बनेको हो।

    पर्यटकीय स्थल भालुपहाडमा रहेका ठूला दुई पहाडलाई जोड्नेगरी निर्माण गरिएको पुलमा अहिले पनि दैनिक २ देखि ३ सय जनासम्म आउने गरेको स्थानीय किशोरी पुनम जि।टी।ले बताउनुभयो । यहाँ आउनेमा अधिकांश पोखरा, आसपास र स्याङजाका छन्।

    ुकोरोना संक्रमणको त्रासका बीच पनि मानिसहरु आउनेक्रम जारी छ। सानो समूहमा आउने र २÷४ घण्टा यतै बिताउँछन, फोटो खिच्दै रमाइलो गर्छन्। पुल हाम्रो गाउँलाई बजारसम्म जोडिएको छ। पर्यटकीय गन्तब्य बनेको छ। कोरोनाको महामारी नहुँदो हो त यहाँ आन्तरिक एवं वाह्य पर्यटक धान्नै सकिँदैनथ्यो होलाु उहाले भन्नुभयो।

    सिद्धार्थ राजमार्ग छेउमै रहेको भालुपहाड जिल्लाकै रमणीय स्थल हो। महामारीमा पनि यहाँ आउने संख्या रोकिएको छैन। राजमार्ग भइ हिँड्ने मानिसहरु पनि एकै छिन भए पनि रोकिएर, फोटो खिचेर र पहाडको अवलोकन गरेर आफनो गन्तब्यमा लाग्छन्।जिल्लाबासी पनि परिवार वा साथीहरुसँग मिलेर वनभोज अर्थात् २÷४ घण्टाका लागि मनोरञ्जन लिन यतै आउने गर्छन्।

    आन्तरिक पर्यटनका लागि उपयुक्त स्थल रहेको बताउँनुहुन्छ साइकल यात्रा गर्दै पोखरादेखि यहाँ आइपुगेका साइकल सिटी पोखराका सदस्य प्रताप बाँनिया।

    अजंगको पहाड। हेर्दा भालु निदाए झैं आकृति देखिएकाले यस पहाडको नाम भालु पहाड राखिएको भन्ने किंवदन्ती छ। काला र ठूला चट्टानी पहाड केही वर्षयता हरियाली बनेका छन्।

    झण्डै ३ सय मीटर गहिराइमा रहेको सेतीखोलाले एउटा थुम्को जस्तो पहाडलाई घेरेर बगेको छ। त्यही थुम्को अहिले सबैको आकर्षण बनेको छ। जहाँ बसेर प्राकृतिक वातावरणमा रमाउँदै वरपरको दृश्यावलोकन गर्दा रोमाञ्चित बनाउछ। पुलसँगै पैदल मार्ग र साइक्लिङ मार्ग निर्माणका काम जारी छन्।

    ुकुभिण्डे, नुवाकोट, भालुपहाडलाई जोडेर हाइकिङ र साइक्लिङ मार्गले जोड्न ६० किलोमीटरको रिङरोड यात्रा तय गर्नेगरी गुरुयोजना बनाएका छौँु गाउँपालिकाका अध्यक्ष सुवेदीले भन्नुभयो ुसंघीय एवं प्रदेश सरकार, गाउँपालिका र निजी क्षेत्रको सहयोग र समन्वय गर्दै पर्यटनसँग जोड्न झण्डै ४५ करोडको गुरुयोजना बनेको छ।योजनामा गौतम बुद्ध, शिवको बिशाल मुर्ति बनाइने छ।जसले सिद्धार्थ राजमार्ग मार्फत लुम्बिनी र पोखरा जोड्नेछ । धार्मिक पर्यटनमा समेत प्रवर्द्धन गर्नेछ।ु

    पुल तरेर पारी पुगेपछि सुन्दर बस्ती देखिन्छ। गाउँले परिवेश र व्वसाय उन्मुख देखिएको बस्तीका गाउँलेहरु आ आफना घरमा तरकारीका टनेल, पशुपंक्षी र बाख्रापालनमा रमाएका छन्। पुलले यी सबलाई जोड्ने काम गरेको छ।

    एक वर्षअघि निर्माण सुरु गरेको झोलुंगे पुल २ सय २१ मीटर लम्बाइको छ। करिब १ करोड ३८ लाख ५८ हजार १ सय ५० रुपैयाँको लागतमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा निर्माण गरिएको इन्जिनिर तारा पौडेलले बताउनुभयो । पुल बनेसँगै यहाँको चहल पहल बढेको छ। स्थानीयबासीले होम स्टेदेखि रेष्टुरेन्ट सञ्चालन सम्बन्धी योजना बनाएको स्थानीय युवती जिटीले जनाउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    झुटो उजुरी दिने देवीप्रहरी नियन्त्रणमा

    August 16, 2025

    वीपी स्मृति दिवस पारेर अमोर सेवा बालगृहलाई खाद्यान्न

    July 23, 2025

    पुतलीबजारका शौन्दर्यकमीद्धारा बालबालिकाको सरसफाई

    July 17, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.