Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » परियोजनाको समिक्षा तथा बित्तिय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न
    वालिङ् नगरपालिका

    परियोजनाको समिक्षा तथा बित्तिय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न

    Syangja SandeshBy Syangja SandeshAugust 21, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    स्याङजा ५ भदौ । वालिङमा कोभिड प्रभावितलाई उद्यमी बनाउने गरी सञ्चालनमा ल्याइएको परियोजनाको समिक्षा तथा बित्तिय साक्षरता सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा बोल्दै वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले वालिङ दीर्घकालिन योजनाका आधारमा अगाडि बढिरहेको जानकारी गराउनु भयो । नगरप्रमुख खाँणले भन्नुभयो, ‘बिभिन्न साझेदार संस्थाहरुसँग मिलर दीगो आर्थिक बृद्धिका लागि नगरमा काम भईरहेको छ’ ।
    युएनडिपी नेपाल र वालिङ नगरपालिकाको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’को समिक्षा तथा बित्तिय साक्षरता कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले आधुनिक प्रविधिको प्रयोग स्मार्ट सिटि बनाउनको लागि गतिलो आधार भएको बताउनु भयो ।
    परियोजनाले मानिसको दिमाग परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै उत्पादन बृद्धिमा सहजीकरण र सहयोग गरिरहेको खाँणको भनाई छ ।

    उहाँले भन्नुभयो, ‘नगरपालिकासँग सहकार्य र समन्वयले नै परियोजना सञ्चालन भईरहेको छ जसले कोभिड प्रभावितहरुलाई उद्यमी बनाउन सहयोग गरिरहेको छ’ ।


    कार्यक्रममा बोल्दै युएनडिपीका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले आधुनिक प्रबिधिको प्रयोगले कृषक तथा उद्यमीहरुलाई निक्कै सहयोग पुग्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘बित्तिय क्षेत्रको प्रबिधिले नगद कारोबार घटाउने मात्रै होईन दैनिक जीवनमा समेत सहयोग पुर्याउछ’ ।
    उत्पादन र उत्पादकत्व बृद्धिका लागि स्थानीय अगुवा कृषक तथा उद्यमीहरुलाई स्रोत व्यक्तिको रुपमा प्रयोग गर्नु पर्नेमा अर्यालको जोड छ । अर्यालले उत्पादनको लेवलिङ तथा ब्राण्डिङ गरेमा बजारीकरण गर्न सहज हुने बताउनु भयो ।

    परियोजनाको छोटो अवधीमा बिषयगत सहकारी मार्फत उद्यमशीलताको प्रवर्धन प्रभावकारी रहेको अर्याल बताउनु भयो । उहाँले उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत नवउद्यमी र पेशा व्यवशाय शुरु गर्न चाहानेहरुलाई गरिएको सहजीकरणको काम निक्कै प्रभावकारी रहेको बताउनु भयो ।
    युएनडिपीको डिजिटल एड्भोकेट समेत रहनु भएका अर्यालले डिजिटल अर्थतन्त्र, बित्तिय साक्षरता र ईबिकका सम्वन्धमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।


    कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले परियोजनाको अवधीमा १४ वडामा नै गरी ५२ वटा नर्सरी स्थापना गरिएको साथै तीन सय ८५ महिला र दुई सय ६५ पुरुष गरी छ सय ५० जनालाई बिभिन्न १० बिषयमा तालिम प्रदान गरिएको जानकारी गराउनु भयो ।
    सो अवधीमा स्टार्टअपका रुपमा २० जना नवउद्यमीहरुलाई जनही ५० हजार अनुदान, १६ जनालाई गोठसुधार अन्तरगर्त लागत साझेदारीमा रु १० हजार प्रदान गरिएको अध्यक्ष तिवारीले बताउनु भयो । वालिङमा परिचित रहेका तथा सफल रुपमा उद्यम गर्दै आएका नौं जनालाई पुरस्कृत गरिएको उहाँले बताउनु भयो ।
    परियोजनाको अवधीमा ३५० जनालाइ मौसमी तथा बेमौसमी तरकारीका बिउबिजन,एक सय १८ कृषकलाई टनेल प्रदान गरिएको तथा मागका आधारमा स्प्रे हजारी,घासको बिउ, भर्याङ,मल्चिङ, सिकेचर आरी लगायतका सामाग्री बितरण गरिएको अध्यक्ष तिवारीले बताउनु भयो ।

    त्यस्तै अदुवाको बिउ, लहरेबालीको बिउ,आलु फापर आदिको बिउ समूहगत रुपमा प्रदान गरिएको तिवारीको भनाई छ ।
    परियोजनाको अवधीमा चापकटर, ट्याक्टर,डिपफ्रिज,मकै छोडाउने मेसिन, गउ चुट्ने मिनि थ्रेसर, दुघ चाँच्ने यन्त्र, गोठमा प्रयोग हुने सामाग्रीहरु बितरण गरिएको बताईएको छ । जसबाट एक हजार ५० जना प्रत्यक्ष तथा समूहगत रुपमा ५ हजार भन्दा धेरै लाभान्वित भएको तिवारीले बताउनु भयो ।
    त्यस्तै नगरपालिका परिसरमा सञ्चालनमा ल्याइएको ईबिक सेन्टरबाट एक हजार दुई सय ५० जना लाभान्वित भएको जानकारी गराईएको थियो ।
    बितरण गरिएका सबै सामाग्रीहरु सतप्रतिशत अनुदानमा वडा कार्यालय तथा नगरपालिकाको समन्वयमा प्रदान गरिएको अध्यक्ष तिवारीले बताउनु भयो ।


    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल आफूहरु फिल्डमा जाँदा कार्यक्रमको कार्यान्वयन राम्रो पाएको बताउदै त्यस्को दीगोपना हुनुपर्नेमा जोड दिनुभयो ।

    परियोजना प्रमुख राधाकृष्ण डुम्रेले परियोजनाको पहिलो अवधीमा भएका बिभिन्न गतिबिधिको बारेमा जानकारी गराउदै परियोजनाको दोस्रो चरण शुरु भएको बताउनु भएको थियो ।
    परियोजनाको अवधीमा युएनडिपीको रु १ करोड ६ लाख ९४ हजार दुई सय ५० तथा नगरपालिकाको कार्यगत लागत साझेदारीमा रु २ करोड परिचालन गरिएको जानकारी गराईएको थियो ।


    कार्यक्रम वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणको सभापतित्व र दियालो संस्थाका सचिव सीता गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।
    कार्यक्रममा वालिङ नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,जिल्लाका क्रियाशिल पत्रकारहरु तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङमा ‘आँधीखोला करिडोर’ कालोपत्रे काम धमाधम

    September 27, 2025

    भागवत महापुराणम ज्ञान यज्ञमा साहित्य उत्सव

    September 27, 2025

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    September 25, 2025

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.