स्याङजा, ३ साउन । नेपाल पत्रकार महासंघको पाचौ अधिबेशनले निर्वाचित पदाधिकारीको पहिलो बैठक आइतवार स्याङजा सदरमुकाममा बसेको छ । कोरोना संक्रमणका कारण झण्डै ३ महिनापछि पहिलो बैठक बसेको हो ।
बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने पत्रकार महासंघका निर्वतमान कार्यसमिति, जिल्ला बार एशोसियसन, प्रहरी, प्रशासन, निर्वाचन समितिलाई धन्यवाद दिएको छ । महासंघका लागि वालिङ नगरपालिकासंग समन्वय गर्दै जग्गाप्राप्तिका लागि समन्वय गर्न अध्यक्ष श्रीकृष्ण सिग्देललाई जिम्मेवारी दिएको छ ।
यसैगरी, एक महिनाभित्र महासंघको कार्यालय स्थापना गर्ने र सोको ब्यवस्थापनका लागि उपाध्यक्ष भवानी अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा कोषाध्यक्ष एकबहादुर गोदार र सदस्य अमृत अर्याल चयन हुनु भएको हो । महासंघका पूर्व अध्यक्ष प्रकाश डोटेल र स्याङजा पत्रकार समाजमा अध्यक्ष इन्द्र रिजाललाई सल्लाहकारका रुपमा चयन गर्ने निर्णय गरेको छ ।
बैठकले पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री, सेनीटाइजर, मास्क उपलब्ध गराउने ब्यक्ति, संघ, संस्थालाई धन्यावाद दिदै जिल्ला स्थित पत्रकारका हक, हित र अधिकारका पक्षमा एकजुट भई काम गर्ने निर्णय गरेको छ । बैठक भन्दा अघि अघिल्लो कार्यकालका गतिबिधी, समस्या, उपलब्धी लगायतका बारेमा निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले जानकारी गराउनु भएको थियो ।
बैठकमा उपाध्यक्ष राधाकृष्ण डुम्रे, सदस्यहरु खगेन्द्र भण्डारी, जोगराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई, शालिकराम पोखरेल, साधना न्यौपाने लगायतले महासंघका आगामी कार्यका बारेमा आ आफना सुझाव दिनुभएको थियो । पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव भूपराज बस्यालले गर्नुभएको थियो ।
Monday, September 1
Trending
- बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने
- युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन
- सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको
- स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस
- गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण
- पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने
- न्याय गर्न नसकेको न्यायपरिषद्
- हाजिरीजवाफ प्रतियोगितामा भूपू सैनिक प्रथम