स्याङ्जा २० पुस । जनपत्रकार संगठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले दिवंगत बुबा टेकलाल डुम्रे र आमा राधिका डुम्रेको स्मृतिमा एक लाखको अक्षय कोष स्थापना गर्ने जनाउनुभएको छ ।
उहाले बुवा टेकलाल र आमा राधिकाका नामबाट टेकलाल राधिका स्मृति अक्षयकोष स्थापना गर्ने जनाउनुभयो । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन हुनुभएको बुबा टेकलाल र ०६१ सालमा निधन हुनुभएका आमा राधिकाको नाउबाट अक्षय कोष स्थापना गरिएको हो।
कोषले सामाजिक एवम् शैक्षिक क्षेत्रमा रचनात्मक तथा सिर्जनात्मक कार्यहरू गर्ने जनाइएको छ । उहाका अनुसार विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार बिधार्थीहरुका लागि प्रत्येक फरकफरक बर्ष स्मृति दिवसको अवसरमा आर्थिक सहयोग वा स्टेसनरी सामग्री,खेलकुद सामग्री लगायतको सहयोग गर्ने लक्ष्य राखिएको छ ।
साथै स्मृति दिवसमा फरकफरक बर्ष र स्थानमा भलिबल,फुटबलरफुटसल,क्रिकेट लगायतका स्मृतिमा खेलकुद कार्यक्रम गर्ने उदेश्य लिएको छ । साथै वृद्धा आश्रम,बालगृह,स्याहार केन्द्रहरुमा सकेको सहयोग गर्ने योजना राखिएका छ ।
स्थापित १ लाख बराबरको स्मृति अक्षयकोषबाट प्राप्त हुने ब्याजमा प्रत्येक बर्ष केही रकम थपेर कार्यक्रमहरु गर्ने उदेश्य लिएको छ । टेकलाल राधिकाका ५ छोरी र ३ छोरा हुनुहुन्छ ।