स्याङ्जा ४ कात्तिक । वालिङ् नगरपालिका स्थित भकुण्डेमा प्रधान कार्यालय रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्नुहुँदै ज्येष्ठ शेयर सदस्य देवेन्द्र भट्टराईले सहकारीले उत्कृष्टरुपमा काम गर्दै आईरहेको बताउँदै अझै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले स्थापना भएको छोटो अवधिमै यस सहकारीले वित्तीय फड्को मारेको दावी गर्नुभयो ।
सहकारीका सञ्चालक समिति, कर्मचारीहरुको प्रयासबाट मात्रै नभई यसरी नै सबैको साथ र सहयोग आवश्यक रहने उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले सहकारीका सात सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले सहकारीलाई थप उचाईमा पु¥याउन विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने शेयर सदस्य, सञ्चालक समिति तथा कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सञ्चालक समिति सदस्य क्याप्टेन ताराप्रसाद श्रेष्ठले सहकारीको सफलताको पछाडि सम्पूर्ण शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न साधारणसभाको सञ्चालन सचिव ताराप्रसाद श्रेष्ठले र धन्यवाद ज्ञापन सञ्चालक समिति सदस्य राजु खनालले गर्नुभएको थियो ।
साधारणसभाका अवसरमा सहकारीले वितरण गर्ने लाभांशबापतको रकम शेयर सदस्यहरुलाई नयाँ नोटहरु वितरण गरेको संस्थाका प्रबन्धक सुनिल थापाले जानकारी दिनुभयो ।