स्याङ्जा ४ असार । जिल्ला अदालत स्याङ्जाको आयोजना तथा उच्च अदालत पोखराको सहयोगमा न्यायमा बाह्य पहुँच कार्यक्रम गरिएको छ । स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायधीश डिल्लीराज आचार्यले कानून अझैं पनि न्यायपूर्ण नभएको बताउनुभएको छ । प्रमाणका आधारमा अदालतले न्याय दिने हुदाँ प्रमाण संकलक सुरक्षाकर्मीलाई स्थानीय तथा सरोकारवाला नागरिकले सकारात्मक सहयोग गर्नुपर्ने बताउनुभयो । अझैं पनि २० प्रतिशत मुद्धा मात्र अदालतमा आउने गरेको र अन्य ८० प्रतिशत मुद्धाहरु अर्धनिकाय लगायत छलफल मार्फत मिलाइने हुदा पाउन पाउनमा कठिनाई बनेको उहाको भनाई छ । कार्यक्रममा जिल्ला न्यायधीश बसन्तराज पौडेल र सूर्यवहादुर थापा, उच्च अदालतका रजिष्टार श्रीलाल पौडेलले अदालत र अदालतहरुका काम, कर्तब्य अधिकार, क्षेत्राधिकारका बारेमा छुट्टाछुटै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, अधिवक्ता तुलसी गिरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, जनप्रतिनिधीहरु बिष्णुकुमार श्रेष्ठ, पवित्रादेवी लम्साल, एशोदा अर्याल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा पुतलीबजार नगरपालिका अन्र्तगतका १४ वटै वडाका जनप्रतिनिधी, कानून ब्यवसायी, नागरिक समाज, पत्रकार लगायत सहभागि थिए ।
