Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नौ महिनामा देशमा चार सय ५६ जनाले ज्यान गुमाए, ७५ जना बेपत्ता, दुई अर्ब बढी आर्थिक क्षति
    समाचार

    नौ महिनामा देशमा चार सय ५६ जनाले ज्यान गुमाए, ७५ जना बेपत्ता, दुई अर्ब बढी आर्थिक क्षति

    Syangja SandeshBy Syangja SandeshFebruary 6, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २३ माघ । विपद्का घटनाबाट पछिल्लो साढे नौ महिनामा देशमा चार सय ५६ जनाले ज्यान गुमाएका छन् । ती घटनामा ७५ जना बेपत्ता भएका छन् भने दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वैशाख ०७८ देखि २३ माघ बिहान सम्ममा विपद्का घटनाबाट उक्त क्षति भएको हो । पछिल्लो साढे नौ महिनामा देशभर तीन हजार एक सय ५९ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । पहिरो, बाढी, भारी बर्षा, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आक्रमण, महामारी, हिउँहुरी, हिउँपहिरो, भूकम्प लगायतका घटनाले उक्त क्षति गरेको हो ।

    यसवर्षको सुरुवाती साढे नौ महिनामा पहिरोले सबैभन्दा बढी मानविय क्षति गरेको छ । पहिरोमा परी यो वर्ष एक सय ८० जनाले ज्यान गुमाएका छन् । यो वर्ष तीन सय ४० वटा पहिरोका घटना रेकर्ड भएका छन् । पहिरोपछि बाढीमा परी धेरैले ज्यान गुमाएका छन् । एक सय ५४ वटा बाढीका घटनामा ६३ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । यो वर्ष तेस्रो ठूलो मानविय क्षति आगलागीका घटनाबाट भएको छ । एक हजार सात सय २० वटा आगलागीका घटनामा परी ६१ जनाको मृत्यु भएको छ ।

    प्राधिकरणका अनुसार पछिल्लो साढे नौ महिनामा भारी वर्षका कारण २२, चट्याङ्ग लागेर ५२, सर्पको टोकाइबाट २०, हावाहुरीमा परी तीन, जनावरको आक्रमणबाट ४०, महामारीका कारण चार (कोरोनाबाहेक), हिउँ हुरीका कारण चार, हिउँ पहिरोमा परी दुई, लेक लागेर दुई र डुङ्गा पल्टेर तीन जनाको मृत्यु भएको छ ।

    २०७८ साल सुरू भएयता पहिरोमा परी ३३, बाढीमा परी ३४, डुङ्गा पल्टदा ६ र भारी वर्षा र हावाहुरीमा परी एक–एक जना बेपत्ता भएका छन् । विभिन्न किसिमका विपद्का घटनामा परी यस वर्ष एक हजार ६ सय ३५ जना घाइते भएका छन् । विपद्का घटनाबाट पाँच हजार एक सय सात परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

    यसवर्ष सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । पछिल्लो साढे नौ महिनामा विपद्का घटनाबाट दुई अर्ब आठ करोड ३३ लाख ७४ हजार ६ सय २४ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जानकारी प्राधिकरणले दिएको छ । यसबर्ष आगलागीका एक हजार सात सय २० वटा घटना भएका छन् । ती घटनाले एक अर्ब ७७ करोड ४७ लाख १२ लाख एक सय ७४ रुपैयाँको आर्थिक क्षति गरेको छ ।

    आगलागीपछि ठूलो क्षति भारी वर्षाले गरेको छ । भारी बर्षाका कारण यो वर्ष १२ करोड ८४ लाख ७४ हजार एक सय २० रुपैयाँको आर्थिक क्षति भएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष पहिरोका कारण तीन करोड ४६ लाख ३५ हजार रुपैयाँ, बाढीका कारण ११ करोड ५३ लाख ९१ हजार पाँच सय रुपैयाँ, चट्याङ्गका कारण एक करोड ७० लाख ८१ हजार आठ सय ३० रुपैयाँ, हावाहुरीका कारण ६६ लाख ४४ हजार रुपैयाँ र जनावरको आक्रमणका कारण ५६ लाख ८६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.