स्याङजा, २४ साउन । विश्व हिन्दू युवा संघ स्याङ्जाले बिद्यालय तहमा नैतिक तथा ब्यवहारिक शिक्षा लागु गराउन माग गर्दे शिक्षा मन्त्रीलाई आइतवार ज्ञापनपत्र बुझाएको छ।
गण्डकी प्रदेशका बिद्यालयमा यसै शैक्षिक सत्रवाटै नैतिक शिक्षाको कक्षा संचालन गर्न माग गर्दै संघका पदाधिकारी सहितको टोलीले गण्डकी प्रदेश शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई उहाकै कक्षमा पुगेर ज्ञापनपत्र बुझाएको हो।
पूर्वीय दर्शनको आधारमा शिक्षा, स्वास्थ्य, अर्थ, कृषि र राजनीति हुनु पर्ने आवाज उठाउदै आएको संघले यसअघि जिल्लाका स्थानीय पालिकामा पनि पुगेर ज्ञापनपत्र बुझाइसकेको छ। जिल्ला सदरमुकाममा सरोकारवालाबीच अन्र्तक्रियागर्दा नैतिक शिक्षाको आवश्यकतामा जोड दिइएको ज्ञापनपत्रमा छ।
विश्व हिन्दु युवा संघका अध्यक्ष नवराज पौडेलद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा नकरात्मक सोचलाई न्यूनिकरण गर्न बर्तमान अवस्थामा नैतिक शिक्षा अपरिहार्य रहेको उल्लेख छ ।
ज्ञापनपत्र ग्रहण गर्दे मन्त्री श्रेष्ठले नैतिक तथा व्यवाहारिक शिक्षाको आबश्यकता ओैल्याउदै शिक्षा नीतिमा समावेश गरिने प्रतिवद्धता जनाउनुभयो । उहाले युवाहरुका जायज मागप्रति खुशी व्यक्त गर्दे आफु सकारात्मक भएकोमा जोड दिनुभयो ।
ज्ञापन पत्र बुझाउन विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेल, केन्द्रिय सदस्य पवन नेपाल, युवा नेता हिक्मतजंग कार्की र संजय कार्की सहभागी थिए।
केही पालिकाले यसै शैक्षिक सत्रदेखि नैतिक शिक्षा लागु गर्ने समेत जनाएका छन।