स्याङ्जा १४ चैत । नैतिक शिक्षा बिषय अनिबार्य रुपमा पाठयक्रममा समाबेश गरिदिन विश्व हिन्दु युवा संघ स्याङ्जाले अनुरोध गरेको छ ।
बिश्व हिन्दु युवा संघ स्याङ्जाले एक प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जाका ११ वटै स्थानीय पालिकासंगै गण्डकी प्रदेशमा समेत नैतिक शिक्षा लाई आगामि शैक्षिक सत्रबाट लागू हुने गरि पाठयक्रममा समाबेश गर्न अनुरोध गरेको हो ।
विभिन्न खालका नकारात्मक घटना घटनुका साथै नैतिक आचरण र ब्यवहारमा समेत कमी देखिएको जनाउदै नराम्रा कार्यका न्यूनीकरणको लागि नैतिक शिक्षा आबश्यक रहेको बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले जानकारी बताउनुभयो ।
संघका अध्यक्ष नवराज पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जिल्ला भित्र रहेर संघले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको जनाएको छ।स्थापनाकालदेखि संघले धर्म ,संस्कृतिको जगेर्ना साथै सनातन धर्मको संरक्षणको लागि विभिन्न पहल गर्दै आएको उल्लेख छ।
स्याङ्जा सहित गण्डकी प्रदेश भित्रका पालिकाहरुमा नैतिक शिक्षा बिषय आबश्यक रहेको जनाउदै संघले स्याङ्जामा संस्कृत भाषाको कक्षा सन्चालन, संस्कृत पुस्तकालयको स्थापना,पृथ्वी जयन्तिको अबसरमा स्याङ्जामा सार्वजनिक बिदाको दिने लगाएतका सामाजिक काम गरेको जनाएको छ ।
बिगत ३बर्ष देखि संघले नैतिक शिक्षा बिषय लागू गराउन पहल गरिरहेको र स्याङ्जाका केही पालिकाले आगामी शैक्षिक सत्रबाट नैतिक शिक्षा बिषय लागू गराउनेगरी प्रतिबद्धता जनाएको उल्लेख छ ।
