स्याङ्जा २३ फागुन । नेपाल बिद्यार्थी संघ स्याङ्जा अध्यक्षको जिम्मेवारी गौरब प्रधानले पाउनु भएको छ ।
नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिको निर्णय बमोजिम ३ महिनाभित्रमा स्याङ्जाको अधिवेशन सम्पन्न गर्नेगरी अध्यक्षको जिम्मेवारी दिइएको हो ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ् शेर्पाद्धारा हस्ताक्षरित सो जिम्मेवारी पत्रमा नेविसंघ बिधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।
जिल्लामा अध्यक्ष पद रिक्त रहेको र केन्द्रीय कार्यालयले माग बमोजिम स्याङ्जा कांग्रेसको यही माघ २५ गतेको पत्र र ३२ बर्ष उमेर हद पनि आर्कषित रहेको जनाउदै प्रधानलाई अध्यक्ष चयन गरिएको जनाइएको छ ।
प्रधान स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति र नेपाल बिद्याथी संघ क्याम्पस इकाईका सभापति हो ।