स्याङ्जा १९ साउन । नेपाल बिद्यार्थी संघले पुतलीबजार नगर कार्यसमितिले यसबर्ष एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तिर्ण बिद्यार्थीलाई करियर काउन्सिलिङ् सहित सम्मान कार्यक्रम गर्ने भएको छ ।
एसइई उत्तीर्ण बिद्यार्थीका रुची र क्षमता अनुरुपका बिषय अध्ययनका लागि सहजीकरण गर्ने उदेश्यले शनिवार करियर काउन्सिलिङ् कार्यक्रम आयोजना गरिने भएको नेविसंघ नगर सभापति सबिन रेग्मीले जानकारी दिनुभयो ।
एसइई उत्तीर्ण सबै बिद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै सम्मान सहित बिषय बिज्ञ शिक्षकहरुद्धारा प्रशिक्षित गराईने भएको छ ।
पहिलो पटक हुन लागेको यस्ता कार्यक्रमले बिद्यार्थी आफैंले पनि आफनो क्षमता पहिचान गरी अघि बढ्न प्रेरित गर्ने बताईएको छ । सबै बिद्यार्थीका लागि आमन्त्रण गरिएको उहाँले भन्नुभयो ।