स्याङ्जा १९ भदौ । नेवा देय दुवुको २८ औ बार्षिक उत्सव स्याङ्जामा पनि मनाइएको छ । नेवा देय दवु जिल्ला कार्य समितिको आयोजनामा उत्सब मनाइएको हो ।
उत्सवको उदघाटन गर्दै नेवा देय दुवुका पूर्व केन्द्रिय सदस्य देवेन्द्रकुमार श्रेष्ठले नेवारी भाषा, कला संस्कृतिको सम्बद्र्धन र प्रवर्दनका लागि नेवा देय दवु एकजुट हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, सदस्य एवं पूर्व सहसचिव बिष्णुकुमार श्रेष्ठ, नेवा देय दुवुका सदस्य लक्ष्मी प्रधान, पूर्व सदस्य संघ ताम्राकार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
दवुका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुवेदार किसन श्रेष्ठले स्वागत एवं सचिव महादेव श्रेष्ठले संचालन गर्नुभएको थियो । यसैगरी, सोही कार्यक्रममा लाखे नाच समेत प्रर्दशन गरिएको नेवा देय दवुले जनाएको छ ।