स्याङ्जा २४ भदौ । नेपाल मगर बिद्यार्थी संघमा भूपेन्द्र थापा मगरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । पुतलीबजार नगरपालिका १ मालेबगर स्थित त्रिभुवन आर्दश बहुमुखी क्याम्पसमा भएको बिद्यार्थीहरुको भेलाले भूर्पेन्द्रलाई चयन गरेको हो ।
नेपाल बिद्यार्थी मगर संघको आठौं जिल्ला अधिवेशनले निर्विरोध समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कुशुम आले मगर, सचिवमा अमृत थापा, सहसचिवमा देवीका थापा, कोषाध्यक्षमा विशाल थापा चयन हुनुभएको हो । यसैगरी, सदस्यहरुमा अनुप गाहा मगर, आयुस थापा, निर्मला राना, तारा आले र अश्मि थापा लगायत निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा मगर संघका जिल्ला सभापति बिष्णुबहादुर मस्र्याङगी, पूर्व सभापति चन्द्र राना, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस प्रमुख बाबुराम सिग्देल, केन्द्रिय प्रशिक्षक मनिष थापा, तुलसी पुर्जा लगायतले मगर लगायत सम्पूर्ण बिद्यार्थीका हक, हित र अधिकारका पक्षमा काम गर्न सुझाव सहित शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।