Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाल आदर्श ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ बाट सम्मानित
    वालिङ् नगरपालिका

    नेपाल आदर्श ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ बाट सम्मानित

    स्याङ्जाको वालिङमा नीजि क्षेत्रबाट संचालित नेपाल आदर्श माध्यमिक विद्यालय सम्मानित भएको छ । एसईई नतिजामा उत्कृष्ट नतिजा दिन सफल भएको र राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो ।
    Syangja SandeshBy Syangja SandeshJuly 30, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ साउन । स्याङ्जाको वालिङमा नीजि क्षेत्रबाट संचालित नेपाल आदर्श माध्यमिक विद्यालय सम्मानित भएको छ । एसईई नतिजामा उत्कृष्ट नतिजा दिन सफल भएको र राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो ।

    चन्द्रलोक प्रतिष्ठानले सातै प्रदेशका उत्कृष्ट विद्यालयलाई सम्मान गर्नेक्रममा स्याङ्जाबाट आदर्श मावि सम्मानित भएको छ । विद्यालयका प्रिन्सिपल होमकान्त गौतमलाई पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

    २०५४ सालमा स्थापना भएको विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ । प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादन गर्दै आएको आदर्श माविले २०८० मा दिइएको एसईई परीक्षामा जिल्लामा मात्रै नभएर गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल भएको थियो ।

    एसईई परीक्षामा उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै चन्द्रलोक प्रतिष्ठान काठमाण्डौले मंगलबार एक कार्यक्रममा विद्यालय र प्रिन्सिपललाई सम्मान गरेको थियो । भौतिक पुर्वाधार, प्रविधि व्यवस्थापन र गुणात्मक शिक्षाको संयोजनमा गण्डकी प्रदेशमै स्थापित बनेको आदर्श मावि जिल्लामै धेरै विद्यार्थी अध्यापन गर्ने र गराउनेमा पर्दछ ।


    प्रतिष्ठनले देशभक्त, अदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भुमिका खेल्न सफलता मिलोस भन्दै ‘उत्कृष्ट शैक्षिक संस्था २०८१’ बाट सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार सातै प्रदेशका १९ विद्यालय उत्कृष्ट शैक्षिक संस्थाको छनोटमा परेका थिए । सबै विद्यालय र प्रिन्सिपलहरुलाई सम्मान गरिएको कार्कीले बताउनुभयो ।

    सामाजिक उत्तरदायीत्वमा काम गर्दै आएको प्रतिष्ठनले शैक्षिक उन्नयनमा योगदान दिन सफल भएका विद्यालयहरुलाई मापदण्डका आधारमा सम्मान गर्दा थप हौसला प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

    सम्मानले विद्यालयलाई अझै थप जिम्मेवारी र गुणस्तरीय शिक्षाको बोझ थपिएको विद्यालयका प्रिन्सिपल होमकान्त गौतमले बताउनुभयो । शिक्षामा देखिएको चुनौतीलाई सामाना गर्दै गुणस्तरमा अझै निखार ल्याउने प्रतिवद्धता प्रिन्सिपल गौतमको थियो । झण्डै २१ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा झण्डै १ सय ५० जनाले रोजगारी समेत पाएका छन् । विद्यालयले आगामी दिन प्राविधिक उत्पादन हुने शिक्षा लागु गर्नेगरी अगाडी बढेको बताएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.