स्याङ्जा २३ भदौ । नेपाली कांग्रेस स्याङ्जाको वडागत अधिवेशनको नतिजा सार्वजनिक भएको छ । जिल्लामा रहेका ९७ वडा अधिवेशनबाट निर्वाचित सभापति सहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधीहरु निर्वाचित भएका हुन । ५ नगरपालिका र ६ गाउँपालिका गरी ९७ वडा मध्ये केही वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ भने केही वडमा सर्वसम्मतबाट पदाधिकारी र क्षेत्रीय प्रतिनिधी चयन भएका हुन । वडा अधिवेशन नतिजा प्रकाशन भएसंगै अव कांग्रेस कार्यकर्ता तथा नेताहरुको अवको मिशन नगर निर्वाचनतर्फ केन्द्रित भएको छ ।
पुतलीबजार नगरपालिका रहेका १४ वडामध्ये वडा नम्वर १ मा छायादत्त सापकोटा, २ मा बालकुमार गुरुङ, ३ मा कमलकान्त उपाध्याय निर्वाचनबाट, ४ मा इश्वर पोखरेल, ५ मा रामचन्द्र रेग्मी, ६ मा कृष्णबहादुर कार्की ६ मा, ७ मा नेरेन्द्र विक्रम थापा, ८ मा इम बहादुर सेन, ९ मा जगबहादुर गुरुङ, १० मा अग्नीप्रसाद पौडेल, ११ मा यामबहादुर केसी, १२ मा खेमबहादुर गुरुङ, १३ मा दुर्गा गौतम र १४ मा राजेन्द्रकुमार भण्डारी निर्वाचित हुनुभएको छ ।
वालिङ नगरपालिकाको वडा नम्वर १ मा राजु रेग्मी, २ मा पोतप्रसाद लम्साल, ३ मा औबहादुर गुरुङ, ४ मा कमलप्रसाद गुरुङ, ५ मा छविलाल आले, ६ मा भोजेन्द्रबहादुर थापा, ७ मा भोजराज गुरुङ, ८ मा कमलप्रसाद सुवेदी, ९ मा यामकान्त गैरे, १० मा नेत्रप्रसाद सुवेदी, ११ मा टिकाराम पराजुली, १२ मा श्यामबहादुर गुरुङ, १३ मा हेमन्त गैरै र १४ मा टुकबहादुर श्रेष्ठ वडा सभापतिमा निर्वाचित हुनुभएको हो । नगरपालिकाको १४ वडामध्ये वडा ६ र ८ मा सहमति हुन नसकेपछि मतदानद्धारा सभापति चयन गरिएको हो ।
भीरकोट नगरपालिकाका सम्पुर्ण वडाहरुको वडा सभापति सर्वसम्मत चयन भएका हुन । वडा नम्वर १ मा क्षेत्रबहादुर थापा, २ मा रमेश पौडेल, ३ मा विजय काफ्ले, ४ मा रत्नप्रसाद श्रेष्ठ, ५ मा सु. कृष्णबहादुर थापा, ६ मा हिमबहादुर खत्री, ७ मा शालिकराम अर्याल, ८ मा खडानन्द खनाल र ९ मा हरिबहादुर राना निर्वाचित हुनुभएको छ ।
चापाकोट नगरपालिकामा रहेका १० वडामध्ये ७ वटा वडामा सर्वसम्मत र ३ वडामा मतदान प्रक्रियाबाट सभापति चयन गरिएको हो । वडा नम्वर १ मा कृष्णप्रसाद भण्डारी, २ मा डोलराज खनाल, ३ मा कृष्णप्रसाद ज्ञवाली, ४ मा नारायणप्रसाद पौडेल, ५ मा दलनारायण श्रेष्ठ, ६ मा कृष्णप्रसाद पोख्रेल, ७ मा सुर्यप्रसाद पाठक, ८ मा टोपलाल न्यौपाने र ९ मा मणिप्रसाद खनाल र १० मा भुवन भण्डारी निर्वाचित हुनुभएको छ ।
गल्याङ नगरपालिकाको १० वटा वडामा सर्वसम्मत वडा सभापति चयन गरिएका हुन भने एउटा वडामा मतदान भएको छ । वडा नम्वर १ मा मणिप्रसाद बस्याल, २ मा धनबहादुर थापा, ३ मा गोपाल भट्टराई र ४ मा मणिप्रसाद न्यौपाने, ५ मा तुल्सीराम पाण्डे, ६ मा चेतनाथ चापागाई (चन्द्र), ७ मा सौनारायण गुरुङ्, ८ मा सुवर्ण श्रेष्ठ, ९ मा नेत्रलाल अर्याल, १० मा मुक्तिप्रसाद खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वडा ११ मा लक्ष्मण डुम्रे मतदान प्रक्रियाबाट बिजयी हुनु भएको हो ।
यसैगरी,
आँधीखोला गाउँपालिकाका ६ वडा मध्ये वडा नम्वर १ मा नरबहादुर घर्ती, २ मा कलाधर पौडेल, ३ मा प्रेमनारायण पौडेल, ४ मा खेमराज पौडेल, ५ मा थमनबहादुर बोगटी, ६ मा पिताम्बर सापकोटा सर्वसम्मत वडा सभापतिमा निर्वाचित हुनुभएको छ ।
अर्जुनचौपारी गाउँपालिकामा रहेका ६ वडा मध्ये वडा नम्वर १ मा रणबहादुर थापा, २ मा गंगाबहादुर गुरुङ, ३ मा हरी काफ्ले, ४ मा भुवनसिंह गुरुङ, ५ मा बलबहादुर क्षेत्री, र ६ मा महेश्वर पौडेल निर्विरोध वडा सभापतिमा निर्वाचित भएका छन् ।
फेदीखोला गाउँपालिका को वडा नम्वर १ मा अमृत क्षेत्री, २ मा लेखबहादुर जिसी, ३ मा मानबहादुर विसी, ४ मा भरतबहादुर गुरुङ, ५ मा माया पनेरु निर्वाचित हुनु भएको छ । वडा नम्वर १ मा निर्वाचन भएको हो भने अन्य सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
विरुवा गाउँपालिकामा पनि सबै वडामा वडा सभापति सर्वसम्मत रुपमा चयन गरिएको छ । वडा नम्वर १ मा लालबहादुर हमाल, २ मा नोमबहादुर गुरुङ, ३ मा लालबहादुर गौतम, ४ मा ज्योतिप्रकाश थापा, ५ मा शुशीलकुमार शर्मा, ६ मा कृष्णप्रसाद लम्साल, ७ मा मेखराज गुरुङ र वडा नम्वर ८ मा अनिल राना वडा सभापतिमा चयन हुनुभएको हो ।
हरिनास गाउँपालिकामा रहेको ७ वटै वडामा सहमतीका आधारमा वडा सभापति चयन गरिएको छ । जसमा वडा नम्वर १ मा देवबहादुर थापा , २ मा चित्रबहादुर थापा सिंजाली, ३ मा कृष्णबहादुर भुजेल, ४ मा बागधन राना, ५ मा केशवबहादुर लम्साल, ६ मा जीवनारायण मानान्धर र ७ मा भेषराज थापा रहनु भएको छ ।
र कालीगण्डकी गाउँपालिकामा रहेको ७ वडामध्ये वडा ७ मा बाहेक सम्पुर्ण वडाहरुमा सर्वसम्मत वडा सभापति चयन गरिएको छ । वडा नं. १ मा तिर्थबहादुर सोमै, २ मा शमशेर सिंह थापा, ३ मा भेषराज पाण्ड, ४ मा खिमानन्द पाण्डे, ५ मा रुकबहादुर थापा ५ ६ मा सुन्दर न्यौपाने वडा सभापतिमा निर्वाचित हुनु भएको जिल्ला निर्वाचन अधिकृत अधिबक्ता रामचन्द्र गौतम (आरसी) ले जानकारी दिनुभयो ।
Wednesday, February 5
Trending
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन
- फागुन ६ देखि हुने सातौं स्याङ्जा महोत्सवको ८० प्रतिशत काम पुरा
- नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना
- सातौं स्याङ्जा महोत्सवमा रत्यौलीदेखि आमा (एकल) नृत्य सम्म प्रतियोगिता