काठमाण्डौ १ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । १४औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा महामन्त्री पदको उम्मेदवारगगन थापाले ३ हजार २३ मत पाएर विजयी हुनुभएको हो ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार विश्वप्रकाश शर्मा पनि महासचिवमा निर्वाचित हुनुभएको छ । शर्माले १९ सय ८४ मत प्राप्त गर्नुभएको छ ।
थापा नेता शेखर कोइराला र शर्मा नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठ्नुभएको थियो । त्यस्तै महामन्त्रीका अर्का उम्मेवार प्रकाशशरण महत्तले १५ सय ५६ मत, प्रदिप पौडेलले १३ सय ९३ मत,मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्किले भने १ सय ६ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्रीमा जम्मा ४ हजार ६ सय ८२ मत खसेको थियो ।