स्याङ्जा ३ भदौ । नेपाली कांग्रेस क्षेत्र नं. १ स्याङ्जाले क्षेत्रीय सम्मेलन, सम्मान सहित आन्तरिक बिशेष अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित सम्मेलन तथा अभियानको उदघाटन गर्दै कांग्रेसका गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारीले नेपाली कांग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ । जब कांग्रेसमा गुट र उपगुट देखिन्छ तब कांग्रेस कमजोर हुने जनाउदै उहाँले सबैजना एकजुट भएमा कुनै तागतले पनि हराउन नसक्ने बताउनुभयो ।
उहाले सिद्धार्थ राजमार्ग, कालीगण्डकी हाइड्याम्प लगायतका ठूल्ठूला परियोजना संचालन गर्नु आवश्यकता रहेको औल्याउनुभयो। पार्टीले दिएका सबै खालका जिम्मेवारी सबैले आ आफैले बहन गर्दे संगठन सुदृढीकरणमा जुट्नु पर्ने उहाको भनाई छ ।
कार्यक्रममा उपसभापति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधीसभा सदस्य राजु थापा, प्रदेश सदस्य द्धय अजित क्षेत्री र कुमबहादुर गुरुङ, कार्यवाहक सभापति केदार काफले, निवर्तमान कार्यवाहक सभापति कुमार राना, महासमिति सदस्य तुलसी गिरी र देवी अर्याल, स्वतन्त्रता सेनानी एवं सम्मानित ब्यक्तित्वहरु तारापति सुवेदी, वेदप्रसाद पनेरु र मिना सिंह ठकुरी लगायतले लगायतले नेपाली कांग्रेसका बिचार, सिद्धान्त, नीतिका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

क्षेत्रीय सभापति तुलसीराम रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति प्रदेश क का सभापति केशरबहादुर खाँण (धुव) ले स्वागत एवं सचिव मनोज मल्लले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा स्वतन्ता सेनानी तारापति सुवेदी र वेदप्रसाद पनेरु, नेपाल महिला संघका संस्थापक सभापति मिना सिंह ठकुरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा क्षेत्रीय सचिव, कोषाध्यक्ष, सदस्य लगायत अन्य सहभागिगरी झण्डै २८ जनाले आ आफना धारणा सहितका सुझाव दिनुभएको थियो।
