Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 1
    Trending
    • स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    • स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
    • डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    • हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    • पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन
    समाचार

    नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

    Syangja SandeshBy Syangja SandeshAugust 21, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ ५ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ ।नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा गए राती शनिबार निधन भएको हो ।

    अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही महिनाअघि मात्र नेपाल फर्किनुभएको थियो । गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएका गिरिलाई पछिल्लो समय निमोनियाले च्याप्नुका साथै शरीरका अधिकांश अंगले काम समेत गर्न छाडेका थिए ।

    प्रदीप गिरीका बारेमा

    प्रदीप गिरीको जन्म सिराहाको बस्तीपुरमा सम्पन्न परिवारमा भएको थियो । उहाँको परिवार नै राजनीति क्षेत्रमा क्रियाशील रहेको थियो । उहाँका दुई जना काका प्रधानमन्त्री र गृहमन्त्री बनिसकेका थिए । पञ्चायतमा तुलसी गिरी प्रधानमन्त्री र रुद्र गिरी गृहमन्त्री भएका थिए । उहाँका बुबा मित्रलाल भने नेपाली कांग्रेस प्रतिबन्धित रहेकै अवस्थामा सिराहा सभापति बन्नु भएको थियो ।

    प्रदीप गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भएको थियो । गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लाग्नुभएको थियो । राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा उहाँले जेल जीवन समेत बिताइसक्नु भएको थियो । उहाँ २०२४ सालमा नेपाल छात्र संघ ९बनारस० को निर्वाचित उपाध्यक्ष हुनुभएको थियो ।

    बहुदल आएपछि गिरी पटक–पटक सांसद समेत हुनुभएको थियो । उहाँ कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित हुनुभयो । गिरी २०५१ मा सिराहा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको थियो भने २०५६ मा चाहिं पराजित हुनुभयो । त्यस्तै २०६३ सालको पुनर्स्थापित संसदमा मनोनित हुनुभयो भने २०६४ र ०७० को संविधान सभा निर्वाचनमा समानुपातिक सांसद हुनु भयो ।
    यसैगरी, २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धन तोडेर सिराहा क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित हुनुभयो । उहाँ कहिलै पनि मन्त्री बन्न भने सक्नु भएन । तर उहाँले मन्त्री बन्नका लागि खासै रुचि राख्नु भएको थिएन् ।

    २०५६ सालमा पोखरामा भएको महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । क्यान्सरको उपचारार्थ अस्पतालमा रहेकाले पार्टीको १४ औं महाधिवेशनमा भने सहभागी हुन पाउनुभएन्।

    नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी गिरी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत हुनुहुन्थ्यो । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै गिरीले बीपीसँग संगत गर्न पाउनुभएको थियो  ।

    कांग्रेसमा उहाँ कृष्णप्रसाद भट्टराई नजिकको नेताका रूपमा चिनिनु हुन्थ्यो भने २०५९ असारमा कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवातिर लाग्नुभएको थियो । उहाँ प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य समेत बन्नुभयो ।

    उहाँ अध्ययन, अनुसन्धान र लेखनका क्षेत्रमा समेत रुचि राख्ने गर्नुहुन्थ्यो । उहाँले लेखेका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् ।

    भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएका गिरीले नेपाली राजनीतिमा प्रखर नेताको छवि समेत बनाउनुभएको थियो ।

    कांग्रेसमा सक्रियता र सहभागिता भएपनि उहाँले समाजशास्त्रको अध्ययन गर्नुभएको थियो । उहाँले मार्क्सवाद आत्मसात गर्दै नेपालका थुप्रै मार्क्सवादीहरूलाई मार्क्सवाद पढाउनुभयो । त्यसैले उहाँ युवादेखि वृद्धसम्म र प्राज्ञिकदेखि श्रमिकसम्म सबैका प्रिय बन्न सफल हुनुभएको हो ।

    उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.