Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली काँग्रेसको सभापति पदमा ६ जनाको उम्मेदवारी
    राजनीति

    नेपाली काँग्रेसको सभापति पदमा ६ जनाको उम्मेदवारी

    Syangja SandeshBy Syangja SandeshDecember 11, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २५ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ । कूल १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ ।

    सभापतिमा शेरबहादुर देउवासहित विमलेन्द्र निधि, डा शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ । उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा। चन्द्र भण्डारी, धनराज गुरुङ, दिवेश्वरी शाह, विजयकुमार गच्छदार छन् । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा। मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा। प्रकाशशरण महत, डा। राजाराम कार्की र प्रदीप पौडेल भिड्ने हुनु भएको हो ।


    महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा। मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा। प्रकाशशरण महत, डा। राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् । सहमहामन्त्री पदका उम्मेदवारहरुमा बद्री प्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादुर शाही, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङदम्बे, चेतराज बजाल, शेख वकील उमाकान्त चौधरी र डिना उपाध्याय छन् ।
    नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा पार्टी नेतृत्वको लागि ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेतृत्व चयनका लागि शनिबार विहान १० बजेदेखि ५ बजेसम्म तय गरिएको उम्मेदवारी मनोनयन दर्ताको समयभित्र पार्टी सभापतिमा ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।

    पार्टी सभापतिको लागि वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा।शेखर कोइराला, कल्याण गुरुङ र नेपाली कांग्रेस गोरखाका जिल्ला सभापति युवराज न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा प्यानलको उपसभापतिको लागि विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का तथा महामन्त्रीमा डा।प्रकाशशरण महत र प्रदीप पौडेल मैदानमा हुनुहुन्छ ।

    पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर सभापति देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    केन्द्रीय सदस्य डा। शेखर कोइरालाको प्यानलबाट उपसभापतिको लागि चन्द्र भण्डारी, धनराज गुरुङ तथा महामन्त्रीमा डा। मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको छ ।

    विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले भने प्यानल सहित उम्मेदवारी दिनुभएन ।

    देउवा समूहले सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवनबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

    यस्तै, कोइराला प्यानलबाट सहमहामन्त्रीमा कमला पन्त, विकास लामा, जीवन परियार, रामकृष्ण यादव, देवराज चालिसे, तेजुलाल चौधरी, वकिल मियाँ र बद्री पाण्डेलाई उम्मेदवार बन्नुभएको छ ।

    १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले भने कुनै पदमा उम्मेदवारी दिनुभएको छैन ।

    देउवा समूहबाट पदाधिकारीका आकांक्षी बालकृष्ण खाँण, एनपी साउँद, रमेश लेखक, ज्ञानेन्दबहादुर कार्की, सुनील थापा लगायतका नेताहरू भने केन्द्रीय सदस्यको उम्मेदवारीमा चित्त बुझाउनुपरेको छ ।

    यस्तै, सस्थापनइतर पक्षबाट पदाधिकारीका आकांक्षी महामन्त्री डा।शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा।रामशरण महत, अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतका नेताहरूले पनि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिनुभएको छ ।

    कांग्रेस महाधिवेशनमा आइतमा निर्वाचनअघिको प्रक्रिया सकेर सोमबार विहानैबाट मतदानको थालिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.