स्याङ्जा २३ असार । नेपाली कांगे्रस जिल्ला कार्यसमिति स्याङ्जाले जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । नेपाली कांग्रेसका तर्फवाट निर्वाचित समन्वय प्रमुखदेखि वडा सदस्यसम्मका बिजयी २ सय ७७ जनालाई सम्मान गरिएको हो।
जिल्लाभरीका ११ स्थानीय तह निर्वाचनमा नेपाली कांगे्रसबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, समन्वय प्रमुख तथा सदस्यरु, वडा अध्यक्षहरु, सदस्यहरुलाई विहिबार जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान एव्ां अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांगे्रसका केन्द्रिय उपसभापति तथा पुर्व गृह मन्त्री पुर्णबहादुर खड्काले अगामी संघिय निर्वाचनमा नेपाली कांगे्रसले दुईतिहाई मत ल्याउनुपर्ने बताउनुभयो ।
संविधान कार्यान्वयनका लागी पनि नेपाली कांगे्रसले दुईतिहाई ल्याउनुपर्ने भन्दै दुईतिहाईको कांगे्रसको सरकारले संविधान कार्यान्वयन गरी देशलाई निकास दिनुपर्ने बताउनुभयो ।
स्थानीय तहमा नेपाली कांगे्रस पहिलो पार्टीको रुपमा स्थापित भएको भन्दै अवको प्रदेश तथा संघिय निर्वाचनमा पनि दुईतिहाई मत प्राप्त गर्नका लागी वडा तथा पालिका तहबाटै संगठन विस्तार गरी अगाडि बढ्नपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रिय उपसभापति धनराज गुरुङले सिद्धार्थ राजमार्ग विस्तार अपरिहार्य रहेको भन्दै यस क्षेत्रको लाईफलाईन राजमार्ग विस्तार गरी यहाँको विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांगे्रस केन्द्रिय सदस्य सरस्वती तिवारी, पूर्वसभापति खगेन्द्रराज रेग्मी, गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल, वालिङ्का पूर्व नगरप्रमुख भोजराज अर्याल, महासमिति सदस्य गोविन्द रानाभाट, प्रदेश सदस्य कविता तिवारी, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्राई, फेँदिखोला गाउँपालिका १ का अध्यक्ष अमृत क्षेत्री, पुतलीबजार कार्यपालिका सदस्य संजीता अर्याल लगायतले शुभकामना सहित समाजसेवामा समर्पित हुने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रवक्ता भरत लम्सालले पार्टीले अहिलेसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केदार काफलेले स्वागत एवं सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो ।
Friday, January 31
Trending
- लागु औषध सहित १९ बर्षिय सेन्चुरी पक्राउ
- पुतलीबजारका एक हजार ७२० लाई एचपिभी खोप लगाइदै
- पुतलीबजारले एक सय २० वटा हाते टयाक्टर बितरण
- गल्याङमा मगर भाषा अर्थात अक्खा लिपि प्रशिक्षण
- पञ्चकन्या मन्दिर स्थित नवग्रह मन्दिर ब्यवस्थापन समिति अध्यक्षमा भरत
- सुरक्षा परिषद प्रताव नं. १३२५ र १८२० का बारे स्याङ्जामा अन्तर्रक्रिया
- पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
- भूमि समस्या समाधान आयोग स्याङ्जाका अध्यक्ष तारा शर्माद्धारा पद बहाली