स्याङ्जा २० साउन । नेपाली काँग्रेस, स्याङ्जाका तत्कालीन पार्टी सभापति एवम् संविधानसभा सदस्य .कमल प्रसाद पंगेनीको पाचौं स्मृति दिवसमा नेपाली काँग्रेस पुतलीबजार नगर कार्यसमिति, स्याङ्जाले स्याङ्जा बजार स्थित सहिदचोकमा स्मरणसभा तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख बक्ताको रूपमा प्रजातन्त्र सेनानी बिश्वप्रेम अधिकारीले स्व.कमल प्रसाद पंगेनीले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्लोलन र पार्टि संठठनका पुर्याउनु भएको योगदानका कारण वहाँ काँग्रेसको मात्र नेता नभएर सबैको साझा नेता भएको कुरा बताउनु भयो ।
कार्यक्रममा पूर्वमन्त्री मेखलाल श्रेष्ठ, पूर्वसांसद भागवतप्रकाश मल्ल, नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल लगायत गण्डकी प्रदेश कार्यसमिति सदस्यहरू, महासमिति सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, नगर र वडा कार्यसमितका पदाधिकारी तथा सदस्यहरू तथा जननिर्वाचित वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य तथा वडा सदस्य तथा भातृसंस्था तथा सुवेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरू ले शान्तिदिप बाल्नु भएको थियो ।
नेपाली काँग्रेसका नगर सभापति सुरजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव महादेव श्रेष्ठले गर्नुभएको थियो ।