स्याङ्जा ७ जेठ । नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित सदरमुकाममा छैटौं पूर्ण बैठक सम्पन्न भएको छ ।
वैठकको उदघाटन गर्दै नेकपा एसका केन्द्रिय उपाध्यक्ष एवं पूर्व मन्त्री केशवलाल श्रेष्ठले देशमा छरिएर रहेका कम्यूनिष्ट पार्टीको अगुवाई नेकपा एसले मात्र गर्न सक्ने बताउदै नेकपा एसमा जोडिन अव ढिलाई गर्न नहुने बताउनुभयो ।
यसैगरी, महासचिव घनश्याम भुषालले नक्कली शरणार्थी बनाउने भ्रष्टाचारिकलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सचिव लक्ष्मण केसी, स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री तुलबहादुर गुरुङ र स्थायी कमिटी सदस्य शारदा सुवेदी, पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री रामजी शर्मा, पूर्व सांसद महेन्द्र थापा, केन्द्रिय सदस्य अमरनाथ शर्मा र कृष्ण नेपाली, अनुशासन आयोगका सदस्य खडग बहादुर नेपाली, अनेरास्वीयू उपमहासचिव राजन शर्मा पराजुली लगायतले नेकपा एस मात्र सच्चा कम्यूनिष्ट पार्टी रहेकोमा जोड दिनुभएको थियो ।
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिष्णु गिरीले स्वागत एवं सचिव श्री गुरुङले संचालन गर्नुभएको थियो ।