स्याङ्जा, २७ पुस । नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनले सूर्यप्रसाद गैह्रे (पारस) विजयी हुनु भएको छ ।
मंगलबार सम्पन्न मतगणना अनुसार प्रतिस्पर्धी नारायणप्रसाद मरासीनीलाई १ सय ८३ मतले पछि पार्दै विजयी हुनु भएको हो । गेैह्रेले ४ सय ४० मत पाउदा मरासिनीले २ सय ५७ मत पाउनुभएको छ ,
यसैगरी, उपाध्यक्षमा कृष्ण खाँण निर्बिरोध विजयी हुनुभयो । सचिवमा राजेन्द्र डुम्रेले ३ सय ९४ र उपसचिव द्धयमा विश्व पौडेलले ३ सय ९५ र तारा शर्माले ३ सय ७३ मत सहित निर्वाचित भएका छन ्।
सचिवका प्रत्यासी भूपराज अधिकारीले २ सय ८०, उपसचिवका प्रत्यासी सन्तोष केसी र जीवन पौडेलले क्रमश ः ३ सय ४६ र १ सय ५८ मत पाएका छन ्।
पाँच पदाधिकारी सहित १ सय ५ पदका लागि १ सय ४३ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा थिए । दुई समूहबीच भएको चुनावी प्रतिस्पर्धामा उपसचिव पदका उम्मेदवार विश्व पौडेल बाहेक अरु सबै गैह्रे पक्षधरका पदाधिकारी निर्वाचित भएका हुन ्।
अन्य सदस्य पदको मतगणना जारी छ । केही निर्विरोध निर्वाचित भएका छन् । जिल्लामा ७ सय ९ प्रतिनिधी भए पनि सोमबार भएको मतदानमा ६ सय ९८ मत खसेको थियो।
Friday, September 19
Trending
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा