स्याङ्जा ९ कात्तिक । नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाको पहिलो अधिवेशनले ५७ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।
गठित कमिटीको अध्यक्षमा मोहनबहादुर अधिकारी उपाध्यक्षमा चक्र गुरुङ सचिबमा टिकारम खनाल उपसचिवमा नारायण ढकाल लगायत ५७ सदस्य सर्बसम्मत निर्बाचित हुनु भएको पालिकाका उपाध्यक्ष चिनुमाया गुरुङ्ले जानकारी दिनुभयो ।