स्याङ्जा, २७ भदौ । नेकपा एमालेबाट बिद्रोहीगरी बाहिरिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी स्याङ्जामा रामचन्द्र भट्टराईको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ।
नेकपा एमालेमा विवाद शुरु भएपछि नै जिल्लामा समानन्तर कमिटी गठन भएको थियो। सोही कमिटीलाई पार्टीमा रुपान्तरण गरीएको अध्यक्ष भट्टराईले जानकारी दिए। नेकपा एस पार्टी गठन भएपछि सोही कमिटीलाई रुपान्तरण गरेर ४९ सदस्यीय सचिवालय कमिटी पनि बनेको छ।
नेकपा एसले पहिलो विस्तारित बैठक पनि सम्पन्न गरेको जनाएको छ। नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व सांसद चुडामणी जंगलीले केपी शर्मा ओलीको दम्भ र बिभेदका कारण आफुहरु अलग बस्नु पर्ने अवस्था आएको बताउनुभयो ।
स्याङ्जाको बिस्तारित बैठकलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य जंगलीले नवौं राष्ट्रिय महाधिवेशनले पारित गरेका कार्यदिशालाई वेवास्ता गर्दै अघि बढेकाले अहिलेको अवस्था आएको उहाको भनाई थियो।
कार्यक्रममा नेकपा एस केन्द्रीय विभाग सदस्य महाप्रसाद सुबेदी, केन्द्रीय सदस्य सर्मिला पौडेल, पूर्व सांसद महेन्द्र थापा, इन्जिनियर ओम शर्मा, उपसचिव टिकाराम नेपाली, सचिवलाय सदस्य बिष्णु गिरी, पुतलीबजार नगर अध्यक्ष श्री गुरुङ, युवा संघ जिल्ला अध्यक्ष सन्तोष सापकोटा लगायतले नेकपा एस गठनका आवश्यकताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको छ ।
सोही बैठकले जिल्लाका ११ वटै पालिका र वडा कमिटी गठन गर्ने, पार्टीका भावी योजनालाई गाँउ केन्द्रित र पार्टी संगठन बिस्तार एवं मजबूत बनाउने निर्णय भएको प्रवक्ता टिकाराम नेपालीले जानकारी दिनुभयो ।
यसैगरी, स्याङ्जाका ७ जनप्रतिनिधिले नेकपा एस रोजेका छन्। निर्वाचन आयोगले भदौ २२ गते सम्म दल रोज्न पाउने समय सिमा तोकेको थियो।
सो समयाबधीमा नेकपा (एस) रोज्नेमा आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला पौडेल लगायत सोही पालिका वडा २ का वडा अध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली, विन्दु विक हुनुहुन्छ ।
यसैगरी, जिल्ला समन्वय समिति सदस्य गुमान सिंह थापा, हरिनास गाउँपालिका ७ का वडा सदस्य ऋषिराम गौतम र पुतलीबजार नगरपालिका ४ का वडा सदस्य दोलराज गौतमले नेकपा एस रोजेको जनाउनुभयो ।
Wednesday, February 5
Trending
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन
- फागुन ६ देखि हुने सातौं स्याङ्जा महोत्सवको ८० प्रतिशत काम पुरा
- नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना
- सातौं स्याङ्जा महोत्सवमा रत्यौलीदेखि आमा (एकल) नृत्य सम्म प्रतियोगिता