स्याङ्जा ३ फागुन । पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा गरिएको निशुल्क आँखा शिविरमा झण्डै ४ हजारले आखाँ परिक्षण गरेका छन्।
माघ १५ गतेदेखि सुरु भएको शिविर झण्डै २ सातासम्म संचालन गरिएको थियो । प्रत्येक दिन एउटा वडामा गरिएको आँखा शिविरबाट अधिकांश जेष्ठ तथा तथा महिलाहरुले लाभ लिएका थिए ।
चौध वटै वडामा पुगेको आँखाका प्राबिधिक सहितको टोलीले नगरका ३ हजार ९२८ जनाले परिक्षण गरेका छन् ।
ती मध्ये १ सय ५३ जनामा मोतियाविन्दु देखिएकोे छ ।
मोतियाबिन्दु देखिएका सबैजनाको पुतलीबजार नगरपालिकामै निशुल्क शल्यक्रिया गर्ने ब्यवस्था मिलाइएकोे नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । नगरबासीलाई जिल्ला बाहिर गएर शल्यक्रिया गराउदा धेरै किसिमका समस्या, दुख र खर्च हुने हुदा नगरभित्र शल्यक्रियाको सुबिधा उपलब्ध गराउन लागेको उहाको भनाई छ । प्रमुख रेग्मीका अनुसार, भोलीदेखि फागुन ४, ५ र ६ गतेका दिन शल्यक्रियाका निम्ति उहाहरुलाई बोलाएका छौं।
ती मध्ये ९ सय २ जनालाई निशुल्क चश्मा उपलब्ध गराइएको छ । आँखा परिक्षणका क्रममा करिब १ प्रतिशतमा जलबिन्दु देखिएको प्राबिधिक तेज गुरुङ् र अस्मिता लामिछानेले बताउनुहुन्छ ।
आफनै वडामा आँखाको उपचार सहित निशुल्क चश्मा र मोतियाबिन्दुको शल्यक्रिया गर्न पाउने भएपछि स्थानीयबासी खुशी देखिएका थिए। उपचारका लागि अधिकांश जेष्ठ नागरिक आएको नगर स्वास्थ्य अधिकृत इश्वर थापाले जानकारी दिनुभयो ।

