स्याङ्जा २९ पुस । वालिङको नगरसभा उपप्रमुख सहित १५ जना सदस्यले बहिस्कार गरेका छन ्। नगरपालिकाको हलमा सभा सञ्चालनकै अवस्थामा उपप्रमुख सहितका सदस्यहरुले प्रेस विज्ञप्ति जारी गर्दै नगरसभा बहिस्कार गरेका हुन ्।
वडा अध्यक्षलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय गरिने भएसंगै उपप्रमुख सहितको टोलीले बहिस्कार गरेको हो। विद्यालय ब्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागितामाथि हस्तक्षेप भएको, विद्यालयको मर्ममाथि नै प्रहार भएको, अभिभावहरुको अधिकारको अपनत्वमाथि कुठाराघात भएको विज्ञप्ति मार्फत जनाईएको छ ।
स्थानीय नगर शिक्षा ऐन २०७४ को दोस्रो संशोधनको विषयमा नेपालको संविधान र संघीय शिक्षा ऐन २०२८ विपरित वडा अध्यक्ष नै स्वतः विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने गरी ल्याईएको प्रस्तावमाथि गम्भीर ध्यानाकर्षण भएको उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।
उपप्रमुख तिवारी, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरुले संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयका चन्दादाता, शिक्षाप्रेमी, समाजसेवी नागरिकहरुलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुनबाट रोक लगाएको अभिभावक र विद्यालयबीचको सम्बन्ध छुटाएर राजनैतिक हस्तक्षेप बढाएको, वालिङ नगरपालिकाको शिक्षा समितिबाट वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ को संशोधनको विषयमा असहमति जनाई ध्यानाकर्षण भई आएको ब्यहोरा उल्लेख छ।
सार्वजनिक शिक्षामाथिनै प्रहार हुने ठहर गरी बहुमतको आधारमा निर्णय गर्ने तयारी गरेकाले बहिस्कार गर्न बाध्य हुनुपरेको बिज्ञप्तिमा उल्लेख छ।
वालिङ नगरपालिकाको पन्ध्रोै नगरसभा भने पारित गर्दै शनिवार सम्पन्न भएको छ। बहिस्कारका बाबजूद पनि नगरसभाले संघीय ऐन विपरित वडा अध्यक्ष स्वत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनेगरी वालिङ नगर शिक्षा ऐन २०७४ को दफा १३ (क), दफा १३ (घ), दफा १३ (२) संशोधन गरेको छ।